धनगढी, १ फागुन/भारतको सिमावर्ती क्षेत्र पलिया–दुधवा रोडमा चोरीका मोटरसाईकल सहित एक नेपाली र दुई भारतिय पक्राउ परेका छन् । स्थानीय प्रहरीले पलिया दुधवा रोडस्थित बन्सीनगर प्रहरी चौकीले गरेको सवारी चेकजाँचका क्रममा चोरीका दुई मोटरसाइकल सहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नेपाली नागरिक पनि छन् ।
पक्राउ पर्नेमा नेपाली धनगढी वडा नम्बर ६, बिजुलिया जालीका राजेश चौधरी र भारतिय खिरी जिल्लाका बनगाँवाका आसाराम राणा र छोटका सिंह रहेका छन् । उनीहरुबाट युपी २५ डीबी ७ हजार नम्वरको बुलेट, दर्ता बिनाको स्प्लेन्डर प्लस कालो मोटरसाइकल, तीन थान मोबाइल र चार सय ४० नगद बरामद गरेको छ ।