• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विश्वकप प्रिभ्यु : दक्षिण कोरिया भर्सेस घाना

काठमाडौं,१२ मंसिर । कतारमा जारी फिफा विश्वकप अन्तर्गत सोमबार समूह एचमा रहेका दक्षिण कोरिया र घाना भिड्दैछन् । यो खेल साँझ पौने ७ बजे एजुकेसन सिटी स्टेडियममा सुरु हुनेछ ।

समूहचरणको पहिलो खेलमा दक्षिण कोरियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोकेको थियो । घाना भने रोमाञ्चक खेलमा पोर्चुगलसँग ३–२ ले पराजित भएको थियो । दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन् ।

घानालाई नकआउट चरण पुग्ने सम्भावना कायम राख्न पनि जित आवश्यक छ । पहिलो चरणमा अफ्रिकाका पाँच वटै राष्ट्रले जित निकाल्न सकेका थिएनन् । दोस्रो चरणमा सेनेगलले आयोजक कतार र मोरक्कोले बेल्जियमलाई पराजित गरिसकेको छ । घाना पनि अफ्रिकन टिमको त्यो लयलाई निरन्तरता दिन चाहन्छ ।

ट्युनिसिया भने दोस्रो चरणमा अष्ट्रेलियासँग पराजित भइसकेको छ । अर्को अफ्रिकन राष्ट्र क्यामरुनले सोमबारै सर्बियासँग खेल्दैछ ।दक्षिण कोरिया लगातार छैटौं पटक विश्वकप खेल्दैछ । सन् २००२ मा जापानसँग मिलेर संयुक्त रुपमा विश्वकप आयोजना गर्दा सेमिफाइनलसम्म पुगेको कोरिया फेरि त्यस्तै नतिजाको खोजीमा छ । त्यसबेला टर्कीसँग पराजित हुँदै कोरिया चौथो भएको थियो । कोरिया विश्वकपमा एसियाबाट सबैभन्दा राम्रो नतिजा ल्याउने टिम हो ।

उता अफ्रिकाबाट घानाले पनि त्यस्तै उपलब्धि हासिल गरेको छ । सन् २००६ मा पहिलो सहभागितामै अन्तिम १६ मा पुगेको घाना त्यसलाई अझ सुधार गर्द २०१० मा क्वाटरफाइनलसम्म पुगेको थियो । अफ्रिकाबाट अहिलेसम्म क्यामरुन, सेनेगल र घाना क्वाटरफाइनलसम्म पुगेका छन् । सन् २०१४ मा भने घाना समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ को विश्वकपमा छनोट हुन सकेन ।

घाना विश्वकपमा पछिल्ला ५ खेलमा जितविहिन छ । जसमा दुई बराबरी छ भने तीन हार रहेको छ ।सन् २०१८ मा साविक पूर्वविजेता जर्मनीलाई समूह चरणमा पराजित गरेको दक्षिण कोरिया भने समूह चरणबाट बाहिरिएको थियो । कोरिया २०१६ पछि अन्तिम १६ मा पुग्ने लक्ष्यमा छ ।

घाना र कोरियाबीच अहिलेसम्म ६ खेल भएका छन् र सबै मैत्रीपूर्ण खेल छन् । जसमा दुवै टिमले ३–३ खेल जितेका छन् ।

 

सोमबार, मङि्सर १२, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.