• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कतार विश्वकप विजेताले पाउनेछ साढे ५ अर्ब, अन्यले कति पाउँछन् पुरस्कार ?

काठमाडौं,२७ कात्तिक । अर्को साता ९नोभेम्बर २००देखि कतारमा सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दैछ । विश्वको उत्कृष्ट ३२ टिमहरु अहिले कतारमा हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन् । छनोट भएका टिमहरु आफ्नो टोली घोषणामा व्यस्त छन् ।

फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप फुटबल विश्वकै ठूलो खेल मेलामा पर्छ । यसले सारा विश्वको ध्यान खिचिरहेको हुन्छ ।एक महिनासम्म चल्ने विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो छ ।

विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकप ट्रफी जित्न नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म प्रतिस्पर्धामा उत्रनेछन् ।

अन्तिममा ३२ मध्ये एक टिम मात्र विजेता हुनेछ । विश्वकपको विजेतासँगै विश्वकप खेल्ने सबै टिमले पनि नगद पुरस्कार पाउनेछन् ।

विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन् । जसको मूल्य २० मिलयन अमेरिकन डलर बराबरको भएको बताइएको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो छ भने ६.१ किलोग्राम तौलको छ । यद्यपी विश्वकप जसले जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैनन् ।

विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउनेछन् ।विश्वकप विजेताले पाउने रकम आश्चर्यजनक छ । र, हरेक संस्करणमा विजेताले पाउने रकममा वृद्धि हुँदै आइरहेको छ ।

कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनछन् । जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो । यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो ।

अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाव गर्दा करिव ५ अर्ब ४४ कमरोड हुन आउँछ ।विश्वकप विजेताले ५ अर्ब ४४ करोड २३ लाख ६० हजार (नेपाल राष्ट्र बैंकअनुसार आइतबार अमेरिकी डलरको बिक्री मूल्य) पाउनेछन् । यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछन् ।

तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार र चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछन् ।क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउनेछन् ।

अन्तिम १६ मा पुग्ने टिमहरुले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन् । समूह चरणमा खेल्ने टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन् ।

कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ छ ।

कतार विश्वकपमा पुरस्कार राशी

विजेतास् ४२ मिलियन डलर
उपविजेता: ३० मिलियन डलर
तेस्रो स्थान: २७ मिलियन डलर
चौथो स्थान: २५ मिलियन डलर
क्वाटरफाइन: १७ मिलियन डलर
अन्तिम १६ : १३ मिलियन डलर
समूह चरण:९ मिलियन डलर

कुन विश्वकप विजेताले कति रकम पाए ?

१९८२, इटलीस् २.२ मिलियन
१९८६, अर्जेन्टिनास् २.८ मिलियन
१९९०, जर्मनीस् ३.५ मिलियन
१९९४, ब्राजिल: ४ मिलियन
१९९८, फ्रान्स: ६ मिलियन
२००२, ब्राजिल: ८ मिलियन
२००६, इटली:२० मिलियन
२०१०, स्पेन: ३० मिलियन
२०१४, जर्मनी: ३५ मिलियन
२०१८, फ्रान्स: ३८ मिलियन
२०२२, रु : ४२ मिलियन

 

आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.