काठमाडौं,३ कात्तिक । नेपाली मुद्रा थप कमजोर बन्दै गएको छ । करिब एक महिना अगाडि अमेरिकी केन्द्रीय बैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर बढाएसँगै बढ्न लागेको डलरको मूल्यले नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको हो ।
३ कात्तिक बिहीबारको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अनुसार १ अमेरीकी डलरको बिक्री मूल्य १३३ रुपैयाँ १४ पैसा र खरिद मूल्य १३२ रुपैयाँ ५४ पैसा पुगेको छ ।
२ कात्तिकमा १ अमेरीकी डलरको बिक्री मूल्य १३२ रुपैयाँ ८ पैसा र खरिद मूल्य १३१ रुपैयाँ ४८ पैसा रहेको थियो । बिहीबार एकै दिन डलरको मूल्य १ रुपैयाँ ६ पैसाले वृद्धि भएको छ ।
अमेरीकी केन्द्रिय बैंकले ब्याजदर बढाएसँगै भारत लयात विशभरी रहेको अमेरीकी लगानी (पोर्टफोलियो) फिर्ता भइरहेको छ । भारतमा प्रत्यक्ष वैदेशिक लगानी बढीरहेको भएपनि पोर्टफोलियो लगानी फिर्ता हुँदा भारतिय मुद्रा निरनतर कमजोर बनिरहेको छ ।
भारतिय मुद्रा कमजोर बन्दा स्थिर विनिमयदरको कारण नेपाली मुद्रा पनि कमजोर बन्दै गएको हो ।पछिल्लो एक महिनायता डलरको मूल्यले एक पनि अर्को नयाँ रेकर्ड कायम गर्दा नेपाली मुद्रा लगातार कमजोर बन्दै गएको हो ।
गत शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य त्यसयता हरेक दिन जसो बढेर नयाँ रेकर्ड बनाउँदै गएको छ ।अगामी दिनेमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको छ । फेडले ब्याजदर बढाउँदा भारत सहित विश्वभरी रहेको अमेरिकी लगानी(पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ ।
मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्य बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रीय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।
यसका साथै रुस–युक्रेन युद्धका कारण तेल र ग्याँसको आपूर्ति सहज नहुँदा युरोपियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको अर्थवीदहरु बताउँछन् । यस्तै विश्वभरी बढ्दो महँगीको लाभ समेत डलर हुने गरेको छ ।
डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम रहेको छ । यसको साथै डलरको मूल्यवृद्धिले मुद्रास्फीतिमा थप चाप नेपाल सरकारको वैदशिक ऋणको दायित्व बढेर बजेट घाटा झनै बढ्ने जोखिम जस्तो जोखिम नेपाली अर्थतन्त्रमा छ ।डलर महँगो हुँदा रेमिट्यान्स, पर्यटन र वस्तु निर्यातमा भने सकारात्मक प्रभाव पर्न सकनेछ ।