धनगढी, २० असोज/गायीका तथा मोडल लक्ष्मी आचार्यको दशैको जमरा लगाएको फोटो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । उनले दशैको अबसरमा जमरा लगाएको फोटो सुट गराएकी थिईन् ।
आचार्यले फोटो समाजिक सञ्जालमा फोष्ट गरेपछि समाजिक सञ्जालमा बिभिन्न नकारत्मक टिप्पणी भएका छन् । दशैका दिन सामाजिक सञ्जालमा निकै नराम्रा प्रतिकृया आएपछि गायीका तथा मोडल लक्ष्मी आचार्यले सुदूरपत्र अनलाइनललाई धर्म र संस्कृतीको नकारत्म उदेश्यले तस्बिर नखिचेको बताएकी छन् ।
‘मैले दशैमा जामरा पहिरिने बारे प्रबर्दन गर्ने उदेश्यले फोटो सेशन गरेकी हु’ सुदूरपत्र अनलाइन संग भनिन्–‘तर, समाजको नजर मैले शिरमा लगाएको जमरा भन्दा पनि छातिमा बढी फोकस भए ।’ ‘यो दोष मेरो होईन’ उनले भनिन्–‘यो समाजको हो ।’ समाजिक सञ्जालमा भएका नकारत्मक आलोचना प्रति आफ्नो साह्रै चित्त देखेको समेत उनले बताईन् ।
गायीका तथा मोडल लक्ष्मी आचार्यले आफ्नो फेसबुक फेजमा यस्तो प्रतिकृया दिएकी छन् ।
नमस्कार सम्पुर्ण प्रीयजन
नेपाल एउटा यस्तो देश हो जहाँ कला संस्कृति विभिन्न जातजाति भेषभुसा चालचलन , चार्डपर्व भौगोलिक हिसाबले पनि बिश्र्वकै उत्कृष्ट स्थान र रमणीय बाताबरणले भरिभराउ प्राकृतिक सम्पदाले सम्पन्न हिमाल जस्तो राष्ट्रको गौरव हाम्रै देशमा छ अनि संसारकै पहिलो नम्बरमा सगरमाथाले नेपाल लाई उच्च स्थानमा राखेको छ यस्तै भौगोलिक र प्राकृतिक सम्पदाले भरिएको हाम्रो देश नेपालमा हामी नेपाली आम मानिसले केही न केही पेसाहरु गरीरहेका छौं । यसै क्रममा केही ब्यबहारिक्तालाई बिर्सेर अनुहारीक उच्छृङ्खलपन प्रस्तुत देखाउन कसैले कसैको ब्यक्तिगत जीवन प्रती अलिबढी आलोचना र खेदो गर्न भने नछोड्ने केही तत्वहरु लाई मेरो तर्फबाट सम्मान छ ।
प्रसंगमा जोड्दा २०७९ सालको दसैँ हाम्रो परिवारका लागि त्यति सहज थिएन तैपनि म एउटा कलाकार भएको नाताले मैले आफ्नो कलाकारिता बाट नेपाल र नेपाली समाजमा सकारात्मक संदेश क्रममा हाम्रो मौलिक चार्डपर्वलाई मध्यनजर गर्दै आफ्नो कला संस्कृति धर्म कर्मलाई आत्मासाथ गर्दै आम दर्शक स्रोता तथा ज्ञात अज्ञात चितपरिचित प्रत्यक्ष अप्रत्यक्ष रुपमा जसले जसरी जस्तोसुकै तरिकाले दसैं मनाउनु भयो उहाँहरुलाई २०७९ सालको बिजय दसैंको शुभकामना सहितको एउटा संदेश दिने प्रयासमा दसैं विशेष गितहरुको सुटिङ थियो ।
कलाकारीता एउटा यस्तो चिजको जहाँ बाट हरेक कुरामा उर्जा प्राप्त गर्न सकिन्छ । आफुमा जस्तोसुकै ब्यस्तता अफ्ट्यारो असहज जस्तोसुकै भएपनी एउटा कलाकारले आम जनमनसमा संदेश दिइरहनु पर्ने पेशा पनि हो आफ्नो दुख कष्टहरुलाई बिर्सी अरुलाई खुसी दिनुपर्ने हुन्छ । यस्तै विभिन्न कुराहरुले आफुमा केही कुरामा दुखी हुँदाहुँदै पनि सम्पुर्ण दर्शक तथा स्रोताहरुमा खुसी ल्याउँदै गर्दा मैले केवल सुटिङका लागि मात्रै “दसैंको झल्को मेटाउने गरी निधारमा टीका र जमरा” लगाउँदै गर्दा अनि उक्त जमरालाई त्यस्तै परिस्थितिका साथ मैले हृदय आत्मै देखि हरेक कला संस्कृति लाई जगेर्ना गर्दैगर्दा छातिमा जमरा सजाएर राखेँ ।
त्यही जमरालाई मैले घरपरिवार सबै एकसाथ बसेर दसैँको टिका जमरा र ठुलाबडा बाट आशीर्वाद थाप्न नसकेपनी मुटुमा आफ्नो हृदय आत्मा भित्र सजाए उक्त कुरा तस्वीरमा देखियो जुन जमरालाई छातिमा सजाए । यसैबीच मलाई केही साथीहरूले असन्तुष्टि देखाउनु भयो आलोचना गर्नुभयो कतिपय साथीहरूले नेपाली समाजमा आफ्नो घरपरिवार सबैले सुन्न बोल्न नसक्ने ब्यबहारिक्तामा नआउने जस्ता अमर्यादित उच्छृङ्खल शैलिमा अश्लील शब्दहरु चैन गरेर जुन किसिमले कमेन्ट मार्फत प्रहार गर्नुभयो अब उहाँलाई सम्मान गर्दै मेरा केही प्रशनहरुको जवाफ पनि नैतिकपुर्वक दिनुहोला
१) हाम्रै नेपाली केही त्यस्ता ब्यक्तिले राष्ट्रिय झन्डा जलाए उनिहरुको त्यो स्वतन्त्र अधिकार भित्र पर्दछ ?
२) कतिपयले परिवार एकसाथमा बसेर सेर्न सुन्न नसक्ने जस्ता भिडियोहरु र शब्दहरु प्रयोग गरेर पनि एक किसिमको संदेश दिन्छन त्यसमा मैले समाजमा पचाउनै गाह्रो हुने के गरेकी थिए ???? जसमा जमरालाई आफ्नो छातिमा सजाएको बारे असन्तुष्टि देखाउनु भयो ।
३) कुन चिजलाइ कसरी प्रस्तुत गर्ने त्यो कलाकार वा अन्य आ-आफ्नो पेसा गर्नेहरुलाई राम्रोसँग थाहा हुन्छ त्यसलाई नकारात्मक दृस्ठिकोण बाट बुझ्नुपर्ने के बाध्यता छ ??
४) राजनीति गर्नेहरुले कतिपय कुराहरुमा आफ्नो कुर्सी र आफू पावरमा रहनको लागि जनतालाई मर्का पर्नेगरी बिदेशी सँग राष्ट्रिय असर हुनेगरी सम्झौता गर्छन त्यसको बारेमा बोलेको खोइ ???
५) मैले त्यस्तो नचाहिने नपच्ने के काम गरेकि छु ? जसमा अश्लील शब्दकोष चैन गरेर कमेन्ट गर्ने र अरुको खुसी प्रती जलन हुनुपर्ने ?
६) जोकोही जुनसुकै समुदाय वा जातजातिले आफुलाई मन पर्ने कुराहरू चाहे त्यो उपहारस्वरूप होस या भाग्यले प्राप्त भएको जस्तो भएपनी अन्तरआत्मा देखि नै हृदयमा मुटुमा छातिमा लगाउँछन टास्छन किन कि दुनियाँमा पवित्र सुन्दर भनेको मुटु हुनेगर्दछ । मैले जमरालाई छातिमा राखेँ त्यसमा तपाईंको जीवन प्रती के असर पर्यो ?
७) आफुलाई मन परेको अनि धर्मलाई उच्च सम्मान गरेको केही तत्वहरुलाई मन परेन भन्दैमा मैले त्यस्ता त्यत्वहरुको लागि आफ्नो कला संस्कृति धर्म कर्म सबै बिर्सेर ” जुनसुकै कपडा भएपनी टाउको सिर देखि पैतला सम्म एउटा कुनै शरिरको भाग नदेखिने गरि ढाकेर हिँड्दिनु पर्ने हो ????
८) मैले जमरालाई आफ्नो छातिमा राखेँ यसले केही त्यस्ता तत्वहरु र नेपाली समाजलाई के असर पुर्यायो ???
९) एउटा नारीलाई सम्मान गर्न सक्दैनौ आदार्ता र ब्यबहारिक्ता भन्ने कुरामा बुझ्न सकिँदैन भने म आफैमा कत्तिको समज्दार बुद्धिजीवी छु भन्ने कुराको हेक्का राख्ने कि नराख्ने ??
१०) हामी चेतनशील प्राणी सर्वश्रेष्ठ प्राणी हौँ तर नैतिकता , मानवता , ब्यबहारिक्ता , अस्तित्व , स्वाभिमान , लगनशीलता , आदार्ता जस्ता कुराहरुको कदर नै नगरी नबुझी अरुको प्रगति र खुसी प्रती यसरी बारुलाहरु खनिए झैँ किन गर्ने ? के अधिकार छ ?
११) हरेक प्राणि एकले अर्कोलाई सम्मान गर्नुपर्छ इज्जत गर्नुपर्ने हुन्छ सकेसम्म अन्जानमा सकारात्मक बाटोमा हिँड्न हिँडाउन मदत गर्नुपर्छ तर त्यो पनि हेक्का नराखी केही नबुझी यसरी अरु माथी जाइलाग्दा आफुमा कत्तिको सभ्यता छ भन्ने थाहा पाउन जरुरी हुन्छ कि हुँदैन ?? नोट :
यदि कसैले आफ्नो तवरबाट राम्रो प्रतिक्रिया दिइरहेको छ वा अपाच्य क्रियाकलाप गरेको छैन भने उक्त ब्याक्ती प्रती खेदो खनेर आफू हराउँदै गरेको कुनैपनि पेसाको मान्छे हिट हुनको लागी यस्ता क्रियाकलाप नगर्नुहोस् किन कि आफ्नो अग्रता आफ्नो क्षमतामा भरपर्छ । र कतिपय साथीहरुले जसको हातबाट चारो दानापानी चलेको छ उसैको गल्ती कमजोरीहरुलाई ढाकछोप गर्ने अनि जसको यो समाजमा राम्रो छवि छ उसैलाई गिराउनको लागि विभिन्न लाल्छना लगाउने जुन किसिमको होडबाजी चलाउँदै आएका छन यस्ता कामहरु गर्न मानवीयताले दिँदैन तर के गर्नु आफ्नै घरको आमा दिदिबहिनी प्रती इज्जत नराख्नेले बाहिर समाजमा पनि नारित्व बारेमा कदर गर्दैन , कसैले कसैको ब्यक्तिगत जीवन र पेसा प्रती आलोचना गर्नु वा उसलाई गल्ती सावित गर्नु पुर्व उसको बारेमा अध्यन गर्न पिष्टभुमी बुझ्न अत्यन्तै महत्त्वपूर्ण हुने गर्दछ । त्यसैले तपाईंको घरको कुन संस्कारका कारण कस्तो असर पर्छ भन्ने कुरा तपाईंको व्यबहारले बताउने गर्छ । कतिपय साथीहरू राज्यको चौथो अंग अनि संविधानले तेस्रो अंगका रुपमा अपनाउदै सम्मान गरेको संस्थालाई अपमानित गर्दै पत्रकारको नाउँमा अर्थकार ब्यहोरा प्रस्तुत गरेको पनि प्रष्ट बुझिन्छ । यक्तिगत गाली गलैाज गरेर तपाईंले जस्तो लेख्नु हुन्छ तपाईंको लेखाईबाट तपाईको ईमेज बन्ने हो ! त्यहि कुरा तपाईलाई भविष्यमा भार हुन्छ र तपाई पछि पर्नु हुन्छ ! नविर्सैां यो !