फाटेका मन, सिलाओस् दसैँले
मित्रभाव, मिलाओस् दसैँले
वर्षौको त्यो, अलिनो पेटमा
नुन भए नि, खिलाओस् दसैँले
ओखतीमूलो, नसक्ने जनलाई
दैवीय अमृत, पिलाओस् दसैँले
कामना छ सबैमा, यो ‘पुकार’को
हाँसो खुसी, दिलाओस् दसैँले
पुष्पराज जोशी ‘पुकार’
मटकौना, कैलाली