धनगढी । एसटिएस सिनेमा हल धनगढीमा हङगामा भएको छ । प्रेम गीत ३ चल्दा चल्दै एसटिएस सिनेमामा हङगामा भएको हो । फिल्म चल्दा चल्दै स्क्रिनमा धब्बा देखिएपछी हलमा दर्शकले आन्दोलन गरेका छन् ।
तीन पटक बन्द गर्दै सुचारु गर्दा पनि प्रोजेक्टर नबन्दा दर्शकले आन्दोलन गरेका हुन् । हलमा एक छिन आन्दोलन समेत भएको थियो । हलको अवस्था नियन्त्रण बाहिर भएपछी प्रहरी प्रशासन र हलका गार्ड आएर अवस्था नियन्त्रण लिएका छन् ।