• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हराउदै गौराको मौलिकता

गौरा पर्वको आफ्नै महत्व रहेको छ । यो डोटेली भाषीको मौलीक पर्व पनि हो । गौरा प्राचिन डोटेली भाषीको पहिचान र इतिहास संग जोडिएकाले पनि यसले बढी महत्व रहेको छ । गौरा पर्वमा गाईने गायनहरुमा चैत, ढुस्का र धुमारीहरुमा बिर बिरंगनाहरुका योगदानको चर्चा गरिएको हुन्छ । खास गरेर प्राचिन डोटी राज्य संचालनमा महत्वपूर्ण भूमिका निभाएका ब्यक्तिहरुका जिवन कथा गितका माध्यमबाट बर्णन गर्ने गरिन्छ । त्यसै गरि यस क्षेत्रका महत्वपूर्ण देबी देबताका कथा, उनिहरुको शक्तिको पनि गौरा पर्वमा गितका माध्यमबाट बर्णन गरिन्छ । अजयमेरु कोट त्यस संग सम्बन्धीत राज रजौटाका कथा समेत गौरामा लयका माध्यम बाट सुन्न पाईन्छ । त्यस ताकाको राजनीतिलाई पनि गौरामा गितका माध्यमबाट सुनाउने गरिन्छ । दस्तावेजीकरण हुन नसकेको ईतिहास पनि गितका लयमा सुन्न पाईन्छ ।

गौरामा,गौरा भित्राउदाको सगुन गित, गौरा नचाउँदाको सगुन गित र बिर्सजन गर्दाको सगुन गित समेत लय हालेर गाउँने गरिन्छ । त्यसैगरी महाभारतमा कृष्ण र अर्जुनको भूमिका, कौरव पाण्डवको यूद्ध र राम बनबास जानुका कारण समेत लयमा गायन गरिन्छ । तुलसीको पुजन प्रकृया र कहिले देखि पुजा गर्ने गरियो भन्ने कुराको सन्देश समेत गौराका गितमा सुनिन्थ्यो । खासमा गौरामा गाईने चैत, ढुस्का, धुमारी गितहरुमा अजयमेरु कोटका लोकप्रीय राजा नागि मल्ल, कटारी मल्ल लगायतका राजाहरुको जिवनी गायन गरिन्छ । त्यसैगरी अजयमेरु राज्यका देवान (प्रधानमन्त्री) रजवार लाल देउवा, करन देउवा, भागेश्वर देवता, मष्ट देवता,तेडी देवता लगायतका बिषयमा शक्ति र बहादुरीका गाथा समेटीको पाईन्छ ।

तर अहिले गौरापर्वको मौलीकता हराउदै गएको छ । खास गरेर गौरामा चैत, ढुस्का,धुमारी, तुलसी गाथा, राम लिला र श्री कृष्ण लिला गायन गरिने भएपनि अहिले गौरा रमाईलो पर्वको रुपमा मात्रै सिमित भएको छ । गौरा पर्वमा देउडा खेल्ने र र्याप र पप गितमा रमाउनेहरु बढी छन् । गौरामा गाईने गितहरुको आफ्नै भाव रहेको हुन्छ ।

देउडा बन्दै गौरा 

गौरा पर्व भन्दै देउडामा कुम जोड्नेहरुको भिड नै हुन्छ । गौरा पर्व सुदूरपश्चिममा मात्रै नभएर यहाँ बाट बसाई सारेर अन्यत्र गएका डोटेली भाषीहरुले समेत मनाउने गरेका छन् । देश परदेशमा समेत डोटेली भाषीले गौरा खेल्ने गरेका छन् । पर्वलाई महत्वका साथ लिने गरेका छन् । गौरालाई देउडा खेल्ने पर्वको रुपमा मात्रै बुझिदिदा समस्या भएको छ । गौरामा गाईने गित देउडा हुन सक्दैनन् । यो नितान्त फरम बिधा र गायन हो । गौरा पर्वलाई देउडा पर्बमा बुझ्यौ भने यसको महत्व नै रहदैन । महत्व देउडा वा गौरा दुबैको छ तर खेल्ने समय र परिवेश फरक फरक हुन्छ । त्यसैले पनि गौरा पर्वको मौलीकतालाई हामीले बचाएर राख्ने हो भने सबैभन्दा पहिले गौरापर्वको बिषयमा बुझ्न जरुरी छ । होईन भने गौरा पर्व देउडा पर्वमा रुपान्तरण हुने छ । गौरामा खेलीने, गाईने भाका र लय हराउने छन् । यती मात्रै होईन त्यसले डोटेली भाषीको पहिचान, संस्कार र संस्कृती समेत हराउने छ । अहिले आएर गौरा पर्व देउडा बर्षको रुपमा सिमित हुन जानुमा पुरानो र नयाँ पुस्ता त्यतीकै दोषी छन् ।

पुरानो पुस्ताले गौरा पर्वको महत्व,महिमा र गरिमाका यो हो भनेर नयाँ पुस्तालाई भन्न चुकेका छन् । बर्तमान सधै बर्तमान हुदैन त्यो भोली इतिहास नै हुन्छ । त्यस कारण आफु संग भएका सिप, आफ्नो संस्कार संस्कृती नयाँ पुस्तामा हस्तान्तरण गर्नु जरुरी हुन्छ । अग्रजहरुले यदी असल चाल चलन, संस्कार संस्कृती र प्राप्तीहरुलाई हस्तान्तरण गर्न सकेन भने त्यो पुस्ता आफैमा सिमित हुन्छ । त्यस कारण आफु संग भएका ज्ञान ध्यानका कुरा नयाँ पुस्तालाई हस्तान्तरण गर्नु जरुरी छ । होईन भने मौलीकता हराउनुको दोष अग्रजलाई नै लाग्ने छ । नयाँ पिढी पनि आफ्नो संस्कृती ग्रहण गर्न चाहिरहेका छैनन् । उनिहरुको बुझाईमा संस्कार संस्कृती र परंपरा नै पछौटेपनको कारण हो भन्ने छ । अरुको संस्कृती अपनाए वा अरु भन्दा फरक देखिए आधुनिक भईन्छ, भन्ने गतल बुझाईमा नयाँ पिढी रहेको छ । त्यसैले उस्ले आफ्नो भाषालाई भुल्न खोज्छ,पहिरन बदल्छ । जो गौरामा पनि देखिएको छ । गौरा पर्व के हो ? यसको महत्व के हो ? के कस्ता गित कस्तो लयमा गाईन्छन् वा नाचिन्छन् भन्ने कुराको अहिलेको नयाँ पिढीले बास्ता सम्म गर्दैन । पुरानो पिढीले आफु संग भएका ज्ञानका कुरा आफ्ना सन्ततीहरुमा हस्तान्तरण गर्नु गरुरी रहेको छ । नयाँ पिढीले पनि यो बुझ्नु जरुरी छ कि कुनै पनि ब्यक्तिलाई उस्को संस्कृतीले पछाडी पार्दैन । बरु संस्कृती उस्को पहिचान संग जोडिन्छ । परिचय संग जोडिन्छ । नयाँ पिढीले पनि गौरापर्वलाई गर्वको रुपमा लिन सक्नु पर्छ ।

त्यस कारण पनि धार्मिक, संस्कृतीक तथा ऐतिहासिक महत्व बोकेको गौरा पर्वको सम्वद्धर्न र प्रर्वद्धन गर्नु आवश्यक रहेको छ । गौरा पर्वको प्रचार प्रशारमा ब्यापकता दिनु पर्छ । औपचारीकता वा देखासिखीको पर्वको रुपमा मात्रै सिमित नराखेर गौरापर्व संग महत्व राख्ने कुराको दस्तावेजीकरण गर्न अग्रसर हुनुपर्छ । होईन भने अहिले गौरा पर्व आफ्नै देउडामा रुपान्तरण भएको छ एक दिन गौरा पर्ब र्याप र पप गितमा नाच्ने पर्व नहोला भन्न सकिदैन ।

यस्तो छ, गौराको मौलिकता 

दशै तिहार भन्दा महत्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयाँमा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाए खेलाउन पाउने चलन यहाँ रहेको छ । भाद्र शुक्ल पंचमीको दिन बिरुडा बिजाएर गौराको शुभारम्भ भएको मानिन्छ भने सप्तमीको दिन गौरा भित्राउने चलन रहेको छ । सुदूरपश्चिमेली र कर्णाली बासीहरुको मौलिक पर्व गौरा एक साता सम्म खेल्ने चलन रहेको छ । कुश, धान , साउँ, अपामार्ग,तिल लगायत विभिन्न ९ बोट बाट तयार गरिने गौरा पञ्चकन्या तथा व्रतालुहरुले विभिन्न बाजागाजा र फाँग (मांगलिक गित) गाएर टाउँकोमा राखेर नचाउँदै गौरा घरमा भित्रउने चलन । गौरा घर बेहुली जस्तै सजाइन्छ । गौरा भित्रा्याउदा बाजागाजाका साथ भित्र्याइन्छ । गौरा भित्राउदाको समय निकै रमाईलो हुन्छ ।

सप्तसती देवीले दक्षको अग्नी कुण्डमा हाम फाल्दा आफ्नो सुक्ष्म रुपलाई हरियो घाँसमा छिपाई भौतिक देह विसर्जन गरेकोले हरियो घाँसमा सतिदेवीको वाँस हुन्छ भन्ने मान्यता अनुसार घाँसको समष्टिगत रुप बनाई पूजा गर्ने परम्परा छ । गौरा पर्ब धार्मिक भावनाबाट मात्र प्रेरित नभई आपसी सद्भाव सहअस्तित्वको विकास गरी सामाजिक जीवन जिउन सिकाउने पाठशाला समेत बनेको छ ।
गौरा भित्राएको दोश्रो दिन महेश्वरसँग धुमधामसँग बिवाह गरिन्छ । गौराको व्रत बस्ने महिलाहरुले प्रसादको रुपमा घाँटीमा दुवाधागो (मन्त्रेको धागो) बाध्ने गर्दछन् । अन्यलाई विरुडालाई प्रसादको रुपमा दिने गर्दछन् । यस पर्वको प्रमुख प्रसाद विरुडा (क्वाँटी)हो । पञ्चमीका दिन विरुडा भिजाइन्छ षष्टिका दिन धुने र गौराको समयमा खाने गरिन्छ र घर बाहिर बसेका सदस्यलाई समेत पठाउने चलन छ ।

डा. आर.डि. प्रभात चटौत ‘प्रभात’को बृहत डोट्याली सब्दकोषमा उल्येख भएअनुसार हिमालय राज कि छोरी पार्वती बिबाह योग्य भएपछि छोरीको लागि बर खोज्दै हिडे । छोरीको बिबाह सूर्य संग गर्दा जलेर मर्ने,चन्द्रमा संग बिवाह गर्दा आयु छोटो,ब्राह्मण संग बिहेगर्दा ब्रह्ण पुजापाठमा ब्यस्थ हुने र छोरी भोकले मर्ने ,मेहश्वर संग बिबाह गर्दा भाङ , धतुरो खाने भनेर अलमलमा परे त्यस पछि छोरीको सल्लाह अनुसार महेश्वर संग नै बिबाह गर्ने निर्णय भयो र यही बिबाहको लगनको रुपमा गौरालाई लिइन्छ । यस पर्बमा चैत्, ढुस्का, धुमारी, तुलसीका गीत , राम र कृष्ण लिला गाएर खेल खेलिन्छ ।

भारत उत्तराखण्डको पिथौडागढ,गढवालमा पनि गौरा खेलिन्छ । अचेल सुदूर पश्चिम पाहाडी जिल्ला बाट बसाई सारेर कैलाली कञ्चनपुरमा बसाई सारेका समुदायले समेत साता भरि नै गौरा खेल्ने गर्दछन् । गौराको समयमा कामका लागि बाहिर गएका घर फर्किने र औकात अनुसारको मिठो मसिनो खाने र राम्रो नयाँ लुगा लगाउने गर्दछन् । गौराको अन्तिम दिन दुलहीलाई विवाह गरेर अन्माए झै गरी बाजा गाजा र फाँग गाउँदै निश्चित ठाउँमा विसर्जन गर्ने गरिन्छ । तत्कालिकन डोटी राज्यको मौलिक पर्व गौराले आफ्नो मौलिकता गुमाउदै गएको चिन्ता गरिन थालेपनि यसको संरक्षणमा खासै ध्यायन दिन नसकिएको सत्य हो ।

 

 

शुक्रबार, भदौ १७, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.