धनगढी, १२ भदौ । दार्चुला गोकुलेश्वर सडकखण्ड अवरुद्ध बनेको छ। आज (आइतबार) दिउसोदेखि भएको वर्षाका कारण महाकाली नगरपालिका–८ अतिकाडामा पहिरो आएर सडक अवरुद्ध भएको हो।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार भर्खरै गएका पहिरोले सडक अवरुद्ध भएको र यात्रु अलपत्र परेका छन्। यस्तै अहिले सडक खुलाउन प्रहरी खटिएको र नगरपालिकाको डोजर पनि लगाइएको छ।