धनगढी, १० भदौ। बैतडीको सुर्नया गाउँपालिकाको कार्यालयमा ताला लगाएको छ।सो गाउँपालिकामा युवा समूहले ताला लगाएको हो । सेनेटरि प्याड खरिद प्रकृयाको सूचना नदिएको भन्दै ४–५ स्थानीय युवाको समूहले शुक्रबार तालाबन्दी गरेको जनाएका छन्।
उनीहरुले कार्यकारी र लेखापालको कक्षमा ताला लगाएको बताए। गत साउन २४ गते प्याड खरिद प्रकृयाको सूचना माग गर्दै निवेदन दर्ता गरेको भएपनि अहिले सम्म सूचना उपलब्ध नगराएको भन्दै ताला लगाइएको उनीहरुले बताएका छन्।
सूचना उपलब्ध नहुँदासम्म तालाबन्दी नखुल्ने उनीहरुको अडान छ। तर, पालिकाका सूचना अधिकृत प्रकाश साउदले भने आफूले आइतबार सूचना उपलब्ध गराउने भनेर भनको बताएका छन्। उनले आफू अस्वस्थ भएर पालिकाबाहिर रहेको जनाउँदै आइतबार सूचना उपलब्ध गराउने बताए।