• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी उपमहानगर र वनस्पति अनुसन्धान केन्द्रबीच विवाद

धनगढी,१० भदौ । धनगढी उपमहानगरपालिका कार्यालय र वनस्पति अनुसन्धान केन्द्रबीच जग्गाको स्वामित्व एवंम् भोगाधिकारको विषयलाई लिएर विवाद सुरु भएको छ । स्वामित्वमा धनगढी उपमहानगरपालिका–७ मा वनस्पति अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको देवहरिया वनस्पति उद्यानमा उपमहानगरले आफूखुसी संरचना बनाउन थालेपछि दुवै कार्यालयबीचको विवाद सार्वजनिक भएको हो ।

देवहरिया वनस्पति उद्यानभित्र पर्ने जाखौर ताल क्षेत्रमा उपमहानगरपालिकाले डोजर नै चलाएर जबरजस्ती भौतिक संरचना बनाएको भन्दै वनस्पति अनुसन्धान केन्द्रले जिल्ला प्रशासन कार्यालयलाई गुहारेको छ । उपमहानगरपालिका भने केन्द्रसँगको समन्वयमै संरचना बनाएको दाबी गर्न थालेको छ ।

आफ्नो क्षेत्राधिकार भित्र पर्ने जाखौर ताल क्षेत्र अतिक्रमण गरी बनाइरहेका संरचना रोक्न पटक–पटक लिखित र मौखिक रुपमा आग्रह गर्दा समेत उपमहानगरपालिकाले अटेरी गर्दै निर्माणको कामलाई जारी राखेकाले हटाउन जिल्ला प्रशासन कार्यालयको सहयोग मागिएको छ ।

केन्द्रका प्रमुख गंगादत्त भट्टले २९ साउनमा प्रशासनलाई लेखेको पत्रमा जाखौर तालमा वनस्पति अनुसन्धान केन्द्रसँग कुनै जानकारी, सम्झौता र समझदारी बेगर धनगढी उपमहानगरपालिकाद्वारा अनाधिकृत र श्रृङ्खलावद्ध रुपमा विभिन्न निर्माण कार्यहरु गरिरहेकाले उपमहानगरले गरेको अतिक्रमण हटाउन सहयोग गरिदिन भनिएको छ ।

केन्द्रले आफ्नो स्वामित्व र क्षेत्राधिकार रहेको तालमा कुनै किसिमका निर्माण कार्य नगर्न पटक पटक मौखिक र लिखित रुपमा गरिएका पत्राचारको वेवास्ता गर्दै एकतर्फी रुपमा निर्माण जारी राखेपछि व्यवस्थापनका समेत कठिनाइ भइरहेको पत्रमा उल्लेख छ । केन्द्रले सहयोग मागेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकालाई पत्र लेख्दै विवादबारे जवाफ मागेको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले वनस्पति अनुसन्धान केन्द्रको पत्रका आधारमा जाखौर ताल क्षेत्रमा निर्माण गरिएका संरचना सम्बन्धी विवाद के हो ? भनेर उपमहानगरपालिकासँग जवाफ माग गरिएको जानकारी दिए । ३१ साउनमा उपमहानगरपालिकालाई सोधिएको भए पनि अहिलेसम्म जवाफ प्राप्त नभएको स्थानीय प्रशासनले जनाएको छ ।

वनस्पति अनुसन्धान केन्द्रको स्वामित्वमा रहेको देवहरिया वनस्पति उद्यानभित्र पर्ने जाखौर ताल क्षेत्रमा धनगढी उपमहानगरपालिकाले फुटपाथसहित सौर्य बत्ती जडान गरेको छ । उपमहानगरपालिकाले १२ असार २०७६ मा रोयल प्रशंसा जेभीसँग ४ करोड ४९ लाख ५५१६ रुपैयाँमा ठेक्का सम्झौता गर्दै ती संरचना बनाएपछि नै दुवै निकायबीच विवाद सुरु भएको हो ।

उपमहानगरपालिकाले डोजरको प्रयोग गरी ताल क्षेत्र वरपरको माटो निकाल्दै डिल बनाएर फुटपाथ निर्माण गरेको छ भने रेलिङ बनाउदै सौर्य बत्ती जडान गरेको छ । उपमहानगरले फुटपाथमै दुई सय ५४ वटा फलामे पोल गाडेर ७६२ वटा सौर्य बत्ती जडान गरेको छ ।

उपमहानगरपालिकाले वन ऐनको समेत प्रतिकुल हुनेगरी मौखिक र लिखित रुपमा बारम्बार उद्यान क्षेत्रभित्र संरचना बनाउने गतिविधि रोक्न भन्दै वनस्पति उद्यान केन्द्रले पत्राचार गर्दा समेत वेवास्ता गरेको देखिएको छ । २०७६ सालमा ठेक्का सम्झौता भएपनि कोरोना महामारीका कारणले रोयल प्रशंसा जेभीले ढिलोगरी गत वैशाखमा मात्र काम गरेको थियो ।

पहिलो पटक २८ फागुन २०७७ मा वनस्पति उद्यान केन्द्रका तत्कालीन कार्यालय प्रमुख डम्बरबहादुर कार्कीले जाखौर ताल र वरपरको क्षेत्रमा सञ्चालन गरिएका सबै क्रियाकलाप रोक्न उपमहानगरपालिकालाई पत्राचार गरेका छन् । कार्कीले पठाएको पत्रमा सो क्षेत्र वनस्पति कार्यालयको क्षेत्राधिकार भित्र पर्ने भएकाले अबिलम्ब सबै काम रोक्न अनुरोध गरिएको छ ।

उपमहानगरपालिका कार्यालयले भने वेवास्ता गर्दै निर्माण कार्यलाई जारी राख्दै उद्यान क्षेत्रमा जथाभावी डोजरको प्रयोग गरिरहेको पाइएपछि ११ वैशाख २०७९ मा फेरि वनस्पति कार्यालयले काम रोक्न भन्यो । ‘पर्यावरणीय सन्तुलन र संरक्षित वनस्पतिलाई असर गर्ने तरिकाले अनधिकृत रुपमा प्रसंशा जेभीले डोजर लगाएर जथाभावी माटो निकाल्ने कार्य गरिराखेकोले उक्त कार्य तत्काल बन्द गर्न अनुरोध छ,’ कार्यालय प्रमुख गंगादत्त भट्टले लेखेको पत्रमा उल्लेख छ ।

सोही दिन उपमहानगरपालिकाले निर्माण व्यवसायीलाई अनधिकृत रुपमा जथाभावी माटो खन्ने काम नगर्न भनेपनि उल्टै प्राविधिकको रेखदेखमा कामलाई निरन्तरत दिन भनेर पत्र पठाएको देखिन्छ । उपमहानगरपालिकाले अटेरी गर्दै जान थालेपछि गत १२ वैशाखमा वनस्पति कार्यालयले वन ऐन २०७६ र वन नियमावली २०५१ को व्यवस्थालाई समेत अवगत गराउँदै निर्माणका सबै क्रियाकलाप रोक्न भनेको थियो ।

उक्त पत्रमा सरकारी स्वामित्व रहेको तथा अन्य वन क्षेत्रमा कुनै पनि निर्माण कार्य अगाडि बढाउदा अधिकार प्राप्त निकायबाट अनुमति तथा वातावरणीय परीक्षण स्वीकृत गराएर मात्र गर्न पाउने वन ऐनको व्यवस्थालाई ध्यानमा राख्न पनि अनुरोध गरिएको छ ।

वनस्पति कार्यालयले पत्र पठाउदा समेत उपमहानगरपालिका कार्यालयले निर्माणको कामलाई जारी राख्दै आएपछि स्थानीय प्रशासनको सहयोग माग्नुपरेको जनाएको छ । ‘हामीले उद्यान क्षेत्रभित्र डोजरको प्रयोग गरेर जथाभावी माटो खन्ने, आफूखुसी संरचना बनाउने जस्ता काम रोक्न उपमहानगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरियो,’ वनस्पति अनुसन्धान केन्द्रका प्रमुख भट्टले भने, ‘नवनिर्वाचित मेयर गोपाल हमाललाई भेटेरै ध्यानाकर्षण गरायौं, तर कुनै वास्ता नगरेपछि उपमहानगरले बनाएका संरचना हटाउन प्रशासनको सहयोग मागेको हौं ।’

आफ्नो स्वामित्वमा रहेको जग्गामा संरचना बनाउदा उपमहानगरपालिकाले जानकारी समेत नदिएको उनी बताउँछन् ।

तर धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले वनस्पति कार्यालयसँगको समझदारीमै जाखौर ताल क्षेत्रमा भौतिक संरचना निर्माण ठेक्का लगाएर काम गरिएको दाबी गरेका छन् । ‘तत्कालीन कार्यालय प्रमुखसँगको समझदारीमै काम गरिएको हो । अहिले आएर वनस्पति कार्यालयले विवाद गरिरहेको छ,’ इन्जिनियर भट्टले भने, ‘त्यो बेला हामीले सहमतीको माग पनि गरेका थियौं, तर कुनै जवाफ नै नदिएपछि काम थालिएको हो ।’

वनस्पति कार्यालयले नै जाखौर ताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा वर्गीकरण गरेकाले उपमहानगरपालिकाले सोहीअनुसार प्रबद्र्धन गर्ने उद्देश्यले काम गर्न खोजेको दाबी उनको छ । विगतमा विभिन्न निकायले सो क्षेत्रमा संरचना बनाए पनि कुनै समस्या सिर्जना नभएको तर उपमहानगरले फुटपाथ बनाउदा वनस्पति कार्यालयले रोक्नु खोज्नुको कारण नबुझिएको उनको जिकिर छ ।

तर वनस्पति कार्यालयले भने उपमहानगरपालिकाले कुनै समन्वय नगरेको आग्रह गर्दा समेत बलमिचाइँ गरेर संरचना बनाएको जनाएको छ ।

‘उपमहानगरपालिका कार्यालय र हाम्रो बीचमा अस्थायी रुपमा एक वर्षका लागि गौशाला सञ्चालन गर्ने सहमति बाहेक अरु कुनै समझदारी भएको छैन,’ अनुसन्धान केन्द्र प्रमुख भट्टले भने, ‘अरु सबै संरचना बलमिचाइँका आधारमा बनाइरहेको अवस्था हो । हामीबीच सहमति वा समझदारी भएको भए काम रोक्न पत्राचार किन गनुपर्ने थियो रु’

गौशाला सञ्चालन गर्न २५ साउन २०७४ मा एक वर्षको सम्झौता भए पनि अहिलेसम्म उपमहानगरपालिकाले सम्झौता नवीकरणको काम समेत गरेको छैन । वनस्पति अनुसन्धान केन्द्रले गौशालाका लागि बनाइएका अस्थायी टहरा समेत हटाएर सहयोग गरिदिन अनुरोध गरेको छ ।

देवहरीया वनस्पति उद्यानको वनस्पति अनुसन्धान केन्द्रले २०५६ सालदेखि संरक्षण गर्दै आइरहेको छ । धनगढी उपमहानगरपालिका–७ मा पर्ने यो उद्यान १४९.५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यहाँ जैविक विविधता र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएका ३ वटा प्राकृतिक ताल छन् ।

जाखौर ताल १२।५५ हेक्टर क्षेत्रफल, मुरफुट्टा ताल २।५२ हेक्टर र मुरफुट्टी ताल १.३२ हेक्टर क्षेत्रफलमा फैलिएको वनस्पति कार्यालयले जनाएको छ । उपमहानगरपालिकाले वनस्पतिको संरक्षित क्षेत्रमा जथाभावी डोजर चलाएपछि बोटविरुवा नष्ट भएको दाबी गरिएको छ ।

 

शुक्रबार, भदौ १०, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.