• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

प्रदेशसभामा लड्दै नलड्ने बलायरको अडान, आले भन्छन्– जंगलको बाघ हुँ, मै चुनाव लड्छु

काठमाडौं, ८ भदौ । सरकारले आम चुनावको मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे चर्चा हुन थालेको छ । सत्तारुढ दलहरू संयुक्त गठबन्धनबाट चुनाव लड्दैछन् भने प्रतिपक्षी नेकपा (एमाले)एक्लै मैदानमा हुने देखिएको छ ।

सत्ता गठबन्धनमा कुन दलले कति संख्यामा सिट पाउने टुंगो लागिसकेको छैन । तर, दलहरूभित्र सिट बाँडफाँटसँगै उमेदवारको छिनोफानो गर्न सकस हुने देखिएको छ ।

गठबन्धनका कारण सिट खोसिने भएपछि दलका सम्भावित उमेदवार रुष्ट बन्दै गएका छन् । उनीहरूले आफूले टिकट नपाए गठबन्धन नै संकटमा पर्ने संकेतसमेत गर्दै आएका छन् ।

सत्तारुढ दलहरूलाई भागबण्डा मिलाउन सुदूरपश्चिम प्रदेशमा डोटी सबैभन्दा पेचिलो देखिएको छ । एउटा मात्रै प्रतिनिधिसभा सिट भएको डोटीमा गठबन्धनभित्रै दुई बलिया उमेदवार भएपछि सकस हुने देखिएको हो ।

डोटीबाट संघीय संसद् प्रवेशको तयारीमा रहेका नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर र नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आले मिल्ने ‘मुड’मा देखिँदैनन् । दुवैजना पूर्वमन्त्री हुन् । एमालेका पूर्वनेता आले हाल समाजवादीमा छन् । उनी आफू डोटीबाट चुनाव लड्ने तयारीमा रहेको बताउँछन् ।

“जंगलमा एकमात्रै बाघ हुन्छ । मलाई भोट हाल्न कांग्रेसका कार्यकर्ताहरू आतुर छन् । गठबन्धनबाट भए पनि, नभए पनि म संघमा चुनाव लड्छु,” आले भन्छन्, “यसमा स्पष्ट भए हुन्छ । म कुनै पनि हालतमा पछाडि हट्नेवाला छैन ।”

डोटीमा गठबन्धनमा सहमति नभए देशभर सहमति नहुनेसमेत आलेले दाबी गरे । संसदीय निर्वाचन स्थानीय तहजस्तो नहुने आलेको भनाइ छ ।

०७४ मा भएको निर्वाचनमा डोटीबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट लडेका आलेले एक हजार ६३२ मतान्तरले कांग्रेसका उमेदवार वीरबहादुर बलायरलाई पराजित गरेका थिए । आलेले ३२ हजार ५१० मत ल्याएर विजयी हुँदा बलायरले ३० हजार ८७८ मत प्राप्त गरेका थिए ।

तर, स्थानीय तहको निर्वाचनमा मतसंख्याका आधारमा डोटीमा समाजवादी चौथो स्थानमा देखिन्छ । कांग्रेस पहिलो स्थानमा छ । स्थानीय तहकै मतले हौसिएको कांग्रेसले डोटीबाट संघमा आफ्नो दाबी रहने बताएको छ ।

डोटीबाट कांग्रेसका संघतर्फका उमेदवार बलायर नै हुन् । सुदूरपश्चिम प्रदेशका पार्टी सभापतिसमेत रहेका बलायरले बाह्रखरीसँग भने, “गठबन्धन कुनै व्यक्तिका लागि होइन । एमालेले संविधान र गणतन्त्र मास्न खोजेपछि भएको हो । डोटीमा कांग्रेसको दाबी छ ।”

बलायरले आफू प्रदेशसभामा कुनै पनि हालतमा नलड्ने बताए । आफ्ना बारे सञ्चारमाध्यमले गलत प्रचार गरिरहेको उनको भनाइ छ ।

“म राष्ट्रिय राजनीतिमा स्थापित व्यक्ति हुँ । म मुख्यमन्त्री बन्ने होइन, अरुलाई बनाउने मान्छे हो,” बलायरले भने, “संघबाहेक अन्त चुनाव लड्दिनँ, यो स्पष्ट कुरा हो ।”

 

बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.