धनगढी,७ भदौ। कैलालीको धनगढी उप–महानगरपालिका वडा नम्बर–१८को वडा कार्यालयमा भएको तालाबन्दी छ दिन बितिसक्दा समेत खुलेको छैन् । वडा कार्यालयले राजनितिक पुर्वाग्राही राखी ज्यालादारी कर्मचारीलाई निकालेको भन्दै स्थानिय राजनितिक दल र स्थानीय बासीले भदौ २ गते तालाबन्दी गरेका थिए ।
वडा कार्यलयमा ज्यालादारी कर्मचारीको रुपमा काम गर्दै आएका रामप्रसाद चौधरी र सहबिर खड्कालाई कामबाट हटाएर अरु कर्मचारी राखेको भन्दै स्थानीय जनता र राजनितिक दलहरुले बिरोधसंगै तालाबन्दी गरेका थिए ।छैटौं दिन सम्म पनि तालाबन्दी नखुल्दा स्थानीय सेवाग्राहीहरु सेवाबाट बन्चित भएका छन् ।
तालबन्दी भएको छ दिन सम्म पनि सरोकारवालाहरु गम्भिर नभएको स्थानीयको आरोप छ । ज्यालादारी कर्मचारी हटाएको बिरोध गर्दै आएका स्थानिय राजनितिक दलहरुले निर्णय नसच्याए सम्म थप आन्दोलन गर्ने बताएका छन् ।
वडा अध्यक्ष भुवन रिजालले भने स्थानीय राजनिजिक दलहरुले चुनाब हारेको बदलामा अनावश्यक विवाद गरेको उनले गुनासो गर्दै अएका छन् ।
यता धनगढी उपमहानगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले २०७९ असार २७ गते बसेको नगरसभाले विज्ञापन नगरी,तोक आदेश र मौखिक निर्णयको भरमा नियुक्त गरेका ज्यालादारी कर्मचारीलाई हटाउने निर्णय गरेको बताए ।
धनगढी उपमहानगरमा नियम विपरित राखेका ज्यालादारी कर्मचारी धैरै भएकाले नयाँ जनप्रतिनिधि आएपछि ज्यालादारी कर्मचारीलाई हटाएर विज्ञापन गरी प्रतिसपर्धाबाट नयाँ कर्मचारी नियुक्त गर्ने उद्देश्यले हटाउने निर्णय गरेको बताए। उनले नगरपालिका नयाँ कर्मचारी भर्ना गर्न विज्ञापन खोल्ने तयारीमा रहेको समेत जानकारी दिए।
अवश्यकताका आधारमा खुल्लप्रतिसपर्धावाट कर्मचारी भर्ना गर्न उपमहानगरपालिकाले प्रक्रिया अगाडी बढाएको बताउदै अधिकृत श्रेष्ठले कर्मचारी भर्ना गर्न तथा बिज्ञापन गर्ने अधिकार वडा कार्यलयको नभएको उनको भनाई छ ।
उपमहानगरपालिकाका अन्य वडाहरुमा वडा नम्बर १८को जस्तो विबाद कही कतै नभएको बताउदै अधिकृत श्रेष्ठले सम्बादको माध्यमवाट समाधान खोज्न वडा अध्यक्षलाई अनुरोध गरेको उनको भनाई छ ।