धनगढी,३। कैलालीमा भड्किलो तीज बनाए प्रशासनले कारबाही गर्ने जनाएको छ। पछिल्ला केही वर्षयता भड्किलो रुपमा तिज मनाउने प्रचलन बढ्दै गएको पाइन्छ। यस वर्ष भने जिल्ला प्रशासन कार्यालय कैलालीले ध्यानाकर्षण भएको जनाएको छ। बिहीबार एक सूचना जारी गर्दै प्रशासनले खर्चिलो तथा भड्किलो रुपमा तिज कार्यक्रम नगर्न आग्रह गरेको छ।
धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्व मनाउने सम्बन्धमा सामाजिक व्यवहार(सुधार)ऐन र नियमावली, २०३३ ले व्यवस्थित र नियमित गर्ने गरेको उल्लेख गर्दै प्रशासनले खर्चिलो तथा महंगा तिजका कार्यक्रम नगर्न आग्रह गरेको हो।
यदि उक्त ऐन विपरीत अनावश्यक तामझामका साथ कार्यक्रम गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

