धनगढी, २९ साउन/कैलालीको गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयमा पियन नियुक्तीमा प्रधानाध्यपक धनीदत्त भट्टले घुस प्रकरण सार्बजनिक भएपछि बिद्यालयमा हाजिर हुन दिएका छैनन् ।
प्रधानाध्यापक भट्टको अभिभावकले बिरोध जनाएपछि अहिले नगरपालिकाको शिक्षा शाखामा हाजिरी हुदै आएका छन् । प्रधानाध्यापक भट्ट साउन २६ गते देखी गौरीगंगा नगरपालिकाको शिक्षा शाखामा हाजिर हुदै आएका गौरीगंगा नगरपालिकाका शिक्षा शाखाका प्रमुख हरिष पन्तले जानकारी दिए ।
‘अर्को व्यबस्था नभएसम्म भट्ट सर शिक्षा शाखामा हाजिरी हुदै आएका छन्’ शिक्षा शाखा प्रमुख पन्तले भने–‘अहिले बिद्यालयमा अभिभावकहरु निश्कर्षका लागि छलफल चलिरहेको छ ।’ जनपृय उच्च माविका अभिभावक र बिद्यार्थीहरु विद्यालयको प्रशासन र लेखा शाखामा तालाबन्दी गरेर बिगत १५ दिन देखी आन्दोलन गर्दै आएका छन् ।
विद्यालयमा कार्यालय सहयोगी राख्ने नाममा प्रधानाध्यापकले ३० हजार रुपैयाँ घुस लिएको सार्बजनिक भएपछि स्थानीय आन्दोलित भएका छन् । विद्यालय व्यवस्थापन समितिको गत जेठ २४ गतेको निर्णयअनुसार विद्यालयका आन्तरिक स्रोतबाट तलबभत्ता पाउने गरी जेठ २४ गतेकै दिन दरखास्त आह्वान गरिएको सूचनामा लिक्मा गाउँका कृष्ण चौधरीले आवेदन दिएका थिए । दरखास्त आह्वानमा कृष्णबाहेक अन्यको आवेदन परेको थिएन । घुस प्रकरण बाहिरिएसँगै अहिले जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिदत्त भट्ट विवादमा तानिएका छन् ।