धनगढी, २९ साउन । मेरो दाइ’ बोलको गीत सार्वजनिकसार्वजनिक भएको छ। क्रिकेट खेलाडी स्व.वीरेन्द्र शाहीको स्मृतिमा ‘मेरो दाइ’ बोलको गीत सार्वजनिक गरिएको छ ।
भाइ शाहिल शाहीले स्व . दाईको सम्झनामा तयार पारेका हुन्। कैलालीको लम्कीमा कार्यक्रमको आयोजना गरि गीतलाई सार्वजनिक गरिएको हो। गीतमा रवीन स्वार काजीले संगीत संयोजन गरेका छन्। भने भिडियोमा शाहिल, कौशल अवस्थी त्यस्तै रमेश शाही देखिएका छन्। उनीहरूले स्व. दाई वीरेन्द्रलाई याद गरेको भिडियोमा देखिन्छ। स्व. वीरेन्द्र सुदूर तथा कर्णाली प्रदेशमा हुने क्रिकेट प्रतियोगितामा सहभागि हुन्थे।
उनी एक राम्रो खेलाडी भएकाले पनि क्रिकेटमा उनी परिचित थिए। २०५१ सालामा जन्मिएका वीरेन्द्रको २०७७ फागुनमा बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा परि ज्यान गएको थियो।