धनगढी, २४ साउन । डेउडा प्रतिष्ठान केन्द्रीय समितिको आयोजनामा धनगढीमा हुने सुदूरपश्चिम गौरा महोत्सव २०७९ का लागि प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीको संयोजकत्वमा १५ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ ।
मुल आयोजक समितिको सदस्यहरुमा सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष एवं आदर्श सेवा समाजका अध्यक्ष तीर्थराज पाण्डेय, अछाम सेवा समाजका अध्यक्ष खडक स्वाँर, मालिकार्जुन दार्चुला सेवा समितिका अध्यक्ष इन्जिनियर महेन्द्रराज पन्त ,सुर्मादेवी बझाङ्गी सेवा समाजका अध्यक्ष दिलबहादुर खाती,डोटेली समाजका सुशिला भट्ट , बैतडी समाजका सतिश जोशी ,कैलाली जनपुस्तकालयका टि आर पाठक , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष पदम बहादुर धामी, सुदूरपश्चिम साहित्य समाजका उपाध्यक्ष रुपा स्वाँर ,हाम्रो संस्कृति हाम्रो पहिचान नेपालका काबाअध्यक्ष सुरज शाह , दलित साहित्य सोपानका चक्र नेपाली ,आयोजक संस्था डेउडा प्रतिष्ठानका तर्फबाट बरिष्ठ उपाध्यक्ष सुरत रावत( डोटेली कान्छा) , कोषाध्यक्ष , प्रेम बिबश चन्द र सदस्य द्रोपती भट्ट ( मेघा) लाई चयन गरिएको छ ।