धनगढी, २२ साउन । धनगढीको सेती प्रादेशिक अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई बीमा रकम उपलब्ध गराउन माग गरेको छ। अस्पतालले बोर्डलाई पत्राचार गर्दै रकम उपलब्ध गराउन माग गरेको हो।
अस्पतालका अनुसार बोर्डले आर्थिक वर्ष २०७८र७९ मा स्वास्थ्य बीमा कार्यक्रममार्फत सेवा प्रवाह भई ६,४७,४०,७३१ दाबीमध्ये २, ९६,८३,६७१ मात्र प्राप्त भएकोमा ३, ५०,५७,०६० रुपैंया पाउन बाँकी रहेको छ। सो रकम प्राप्त नहुँदा अस्पतालका सेवा व्यवथापन गर्न समस्या भएकाले रकम उपलब्ध गराउन माग गरिएको अस्पतालले जनाएको छ।
