• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

९९ प्रतिशत सम्पन्न महाकाली पुल निर्माणको काम

महेन्द्रनगर, १९ साउन । नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको काम ९९ प्रतिशत सकिएको छ । महाकाली पारीको दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्ने तथा दोधारा चाँदनीमा निर्माण हुने भनिएको सुख्खा बन्दरगाहलाई लक्षित गरी महाकालीमा चार लेनको पक्की पुल निर्माण भइरहेको हो ।

३४ वटा पिल्लर र ३२ वटा सल्याप बनाएर निर्माण भएको पुलको ९९ प्रतिशत काम सकिएको छ । पुलमा पिच समेत भइसकेको निर्माण कम्पनी कुमार सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो, “पुलको काममा दुई तीन सय मिटर पिच गर्न मात्र बाँकी छ ।” चार वर्षअघि निर्माण सुरु भएको ४ लेनको पुलको काम वर्षा रोकिने बित्तिकै पिच गरेर सम्पन्न गरिने पाण्डेयले बताउनुभयो ।

इन्जिनियर पाण्डेयले भन्नुभयोे, ‘पुलको दुवैतर्फ निर्माण हुने पहुँच मार्गको काम पनि ९५ प्रतिशत सकिएको छ ।’ बाटोमा पर्ने ३ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । निर्माण हुने ७.८ किलोमिटर सडक भरानको काम पनि सकिएको छ । पुलको पारी ६ सय मिटर र वारि १८ सय मिटर बाहेक ५४ सय मिटरमा पिच भइसकेको छ ।

सडक किनारमा निर्माण गर्नुपर्ने १२ किलोमिटर नाली निर्माणको काम सम्पन्न भइसकेको ईन्जिनियर पाण्डेयले बताउनुभयो । उहाँले थप्नुभयो, ‘पिचको काम पूरै सम्पन्न भइसक्थ्यो तर पोखरीको डिजाइनमा समस्या आएपछि त्यस वरिपरिको सडकमा पिच गर्न रोकेका हौं, अब समस्या सामाधान भइसक्यो तिब्र गतिमा काम हुन्छ ।’

महाकाली पुल योजनाको समग्र कार्यमा ८१ प्रतिशत प्रगति भएको महाकाली पुल योजनाका साईड हेर्ने ईन्जिनियर दुर्गादत्त अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पुलको काम सम्पन्न भएको छ, समग्र योजनाकै कुरा गर्ने हो भने ८१ प्रतिशत काम सम्पन्न भएको छ ।’

भीमदत्त नगरपालिका–१३ ओदाली र माहाकाली नगरपालिका–१ चाँदनीलाई जोडनेगरि निर्माणाधीन पक्की पुलको २०७४ भदौ ७ मा प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गर्नुभएको थियो ।

आठसय मिटर लम्बाइ र २४ मिटर चौडाइको पुलको काम तीन वर्षभित्र सक्नेगरि कुमार सिएफइसी जेभीसँग ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । पुलको दुवैतर्फ बाँध बाँधेर आँखा आकारको पोखरी निर्माण गरी पर्यटकीय स्थलका रुपमा समेत विकसित गरिने गरी पुलको डिजाइन गरिएको छ ।

पुलको उत्तरपट्टि १ वर्ग किलोमिटरभन्दा ठूला २ वटा पोखरी र दक्षिणपट्टि ०।३ वर्ग किलोमिटरका दुई वटा पोखरी निर्माण गरिने बताइएको छ । उत्तरपट्टिको तालमा ६ वटा आइसल्याण्ड बनाइने र ती आइसल्याण्डलाई पिकनिक स्पोर्टका रुपमा प्रयोग गरिने डिजाइनमा उल्लेख छ ।

‘तीन वर्षभित्रै काम नसकिने भएपछि निर्माण कम्पनीको आग्रहमा म्याद थप गरी २०७९ कात्तिकभित्र काम गरिसक्नु पर्ने म्याद दिएको छ । ‘पहिले महाकालीमा भारतले पानी छोड्ने समस्या र मुआब्जा विवादका कारण म्याद थप गर्नुप¥यो’ इन्जिनियर पाण्डेयले भन्नुभयोे, ‘यो अवधीभित्र काम सक्नेगरी हामी लागेका हौं, तर ताल बनाउँदा प्रयोग गर्नुपर्ने ढुङ्गा नपाइएपछि डिजाइन परिवर्तन गर्नुप¥यो, अस्ति मात्र डिजाइन परिवर्तन भएर आएको छ, अब हामीले २०८० असारमा काम सक्छौ ।’

पुल निर्माण भएसँगै यस क्षेत्रका व्यापार व्यवसायसँगै सडक सञ्जालबाट टाढा रहेको महाकाली पारीको क्षेत्रलाई पनि यातायातसँग पहुच जोडिनेछ । यस क्षेत्रका उद्योगी व्यवसायी र दोधारा चाँदनीबासीले वर्षौदेखि पक्की पुलको माग गर्दैआएका थिए ।

नेपालकै गौरवको योजना अन्तर्गत महाकाली नदीमा निर्माण भइरहेको चार लेनको पुलमा निर्माण गरिने भनिएको पोखरीको डिजाइन परिवर्तन गरिएको छ । २०७८ फागुनसम्म सम्पन्न भइसक्ने आयोजनामा डिजाइन बाधक बनेपछि पोखरीको डिजाइन परिवर्तन गर्नुपरेको महाकाली पुल योजनाका ईन्जिनियर दुर्गादत्त अवस्थीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब डिजाइन परिवर्तन स्वीकृत भएको छ, ६० प्रतिशत ढुङ्गा र ४० प्रतिशत कंक्रिट अर्थात ढुङ्गा र मसालाको प्रयोगबाट पोखरी निर्माण हुनेछ ।’ डिजाइन परिवर्तनसँगै ठेकेदार कम्पनीको म्याद पनि थप गरिने ईन्जिनियर अवस्थीले बताउनुभयो । २०७४ भदौ ७ गते ३ बर्षभित्र निर्माण सम्पन्न गर्नेगरि ठेक्का सम्झौता भएकोथियो ।

त्यसपछि २०७८ जेठ २ र २०७८ फागुन १५ मा गरी दुई पटक म्याद थप भइसकेको छ । अब २०८० साउन मसान्त सम्मका लागि म्याद थप्न सिफारिस गरिएको ईन्जिनियर अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘म्याद थप गर्नैपर्छ, हाम्रो कारणले ढिलाई भएको हो, यसमा ठेकेदार कम्पनीको केही भुमिका छैन ।’

४ अर्ब २० करोड ८३ लाख ६३ हजार ७ सय ५ रुपियाँ लागत अनुमान गरिएको योजनामा ठेकेदार कम्पनीसँग २२ प्रतिशत घटीमा ३ अर्ब २७ करोड ९३ लाख ४ सय ९१ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । काम गर्दैजाँदा केही सामान आवश्यक नभएको भेटिएपछि पुनरमुल्याङ्कन गर्दा ३ अर्ब २४ करोड २५ लाख रकम पुगेको थियो । दास्रो पटक केही सामान थप्नुपर्ने भएपछि पुनरमुल्याङ्कन गर्दा ३ अर्ब ६६ करोड ९ लाख हुन पुगेको ईन्जिनियर अवस्थीले बताउनुभयो ।

यस पटक धेरै कामहरु थप्नुपर्ने भएपछि लागतमा २५ प्रतिशतभन्दा बढी रकम थप्नुपर्ने महाकाली पुल योजनाका सुचना अधिकारी इन्जिनियर सबिना रानाभाटले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कति थप्नुपर्छ भन्ने अहिले भन्न सकिदैन फाईल बिभागमा पठाएका छौ, अहिलेलाई २५ प्रतिशतभन्दा बढी बढ्छ भन्न सकिन्छ ।’

 

शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.