काठमाडौं, १५ साउन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुबीच भेट भएको छ ।
सरकारी निवास बालुवाटारमा उहाँहरुबीच बिहान छलफल भएको अध्यक्ष प्रचण्डुका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार विवादपछि अर्थमन्त्री पदबाट राजीनामा दिनुभएका जनार्दन शर्माको नियुक्तिलगायत समसामयिक राजनीतिक विषयमा उहाँहरुबीच छलफल भएको हो ।