सरस्वती साफरी/धनगढी, ३ साउन । बर्खाको समयमा पनि वर्षा नभएपछि कैलालीका किसान चिन्तित भएका छन्। श्रावणको ३ गते हुँदा पनि कैलालीमा प्रयाप्त वर्षा नभएको हो। सिँचाई भएको क्षेत्रमा मात्र रोपिएको धान पनि वर्षा नभएका कारण मर्न थालेको छ।
वर्षा नभएकाले धान रोपिएको खेतमा चिरा परेका छन्। बोरिङको पानीले रोपाई गरेको धनगढीका किसान वेदप्रसाद चौधरीले बताए। उनले वर्षा नभएकाले खेतमा चिरा परेको गुनासो सुनाए। एक वर्षका लागि खाने धान उत्पादन हुने खेतमा चिरापछि उत्पादन कम हुने चिन्ता उनको छ।
कैलालीमा वर्षा भएको छैन। जिल्लामा खडेरी लागेको जस्तै भएको छ । रोपिएको धानमा पनि सुकेको किसान लक्ष्मी भट्टले बताइन । उनले किसानले दुख गरेको केही पनि फाइदा नभएको बताइन्। बोरिङको पानीले रोपाई गरेकी उनले धान लगाए सुक्ने हो भन्ने डर रहेको बताइन्।
कैलाली जिल्लामा अहिले बर्खे र चैते गरी दुई किसिमको धान उत्पादन हुँदै आएको छ। असारमा बर्खे धान रोपिन्छ । बर्खे धान ६७ हजार चार सय ३६ हेक्टरमा पोपिदै आएको छ। कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी जनकराज बोहराले सुदृरपत्रसंग भने कैलालीको उच्च क्षेत्रमा रोपिएको धान सुक्न थालेको बताए। बर्खामा पनि धान सुकेको र सिँचाईको सुविधा भएका किसानले धान सिँचाई गर्न उनले आग्रह गरेका छन।

