बाजुरा, २५ असार । बाजुराको बुढीगंगा नगरपालिका–२ को अध्यक्षमा नेकपा एमालेका पदमबहादुर भण्डारी विजयी भएका छन्। उनी ८३८ मत ल्याउँदै विजयी भएका हुन्।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नरबहादुर थापाले २३५ मत ल्याए। यो वडामा एमाले विजयी भएसँगै बुढीगंगाका ४ ओटा वडा एमालेले जितेको छ। अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको छ।