बाजुरा, २४ असार । बाजुराको बुढीगंगा नगरपालिकामा वडा नम्बर १ र १० को मतगणना भइरहेको छ ।वडा नम्बर १० मा ४०० मतगणनाको नतिजा सार्वजनिक भएको छ । जसमा एमाले कांग्रेस भन्दा निकै अगाडि छ ।
वडा नम्बर १० मा शुक्रबार अपराह्नसम्म ४०० मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले २१८ मत ल्याएका छन् । कांग्रेसका रंगबहादुर खातीले १५८ मत ल्याएका छन् ।
उनीहरूबीच ६० मतको अन्तर छ ।वडा नम्बर १ बाट अहिलेसम्म उपमेयरमा एमालेकी मायाकुमारी खड्काले २१२ ल्याएकी छन् । कांग्रेसकी रिता शाहले १६७ मत ल्याएकी छन् ।वडा नम्बर १ को पछिल्लो मत गणनाको नतिजा सार्वजनिक भएको छैन ।
