काठमाडौं ,२४ असार । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) अन्तर्गत सुदूरपश्चिम प्रदेशका लागि प्राथमिक तह प्रथम, द्वितीय र निम्नमाध्यमिक तह द्धितीय श्रेणीको शिक्षक छनोट गरेको छ ।
आयोगले प्राथमिक तह, प्रथम श्रेणी तथा द्धितीय तहको र निम्न माध्यमिक तहको द्धितीय तहका लागि गत मंगलबार (असार २१ गते) लिएको अन्र्तवार्ता, लिखित परीक्षा र अनुभव समेतको प्राप्तांकको आधारमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुका लागि शिक्षक छनोट गरेको छ ।
आयोगले अन्तर्वार्तामा सहभागी उम्मेद्वारहरुले नतिजा र प्राप्तांक हेर्न चाहेमा नतिजा प्रकाशित भएको सात दिनसम्म आयोगको वेबसाइटमा हेर्न सक्ने जनाएको छ ।
