बझाङ, २० असार । बझाङमा यार्सागुम्बा संंकलन गरेर घर फर्कने क्रममा भिरबाट लडेर एक जना घाइते भएका छन्।प्रहरीका अनुसार साइपाल गाउँपालिका–४ धुलीका ३६ वर्षीय शिबु रोकाया गम्भीर घाइते भएका छन्।
रोकाया साइपालकै चाल्नावनको भिरबाट करिब ७० मिटर तल खसेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञान बहादुर विष्टले बताए। उनको स्थानीयले उद्धार गरी धुली आधारभूत स्वास्थ्य चौकीमा पुर्याएका थिए।
रोकायाको टाउको, निधार, घाँटी र अनुहारमा चोट लागेको छ। थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज पठाइएको साइपाल गाउँपालिकाका अध्यक्ष मान बहादुर बोहराले बताए।