काठमाडौं ७, असार। दिग्गज लगानीकर्ता तथा विश्वका सर्वाधिक धनाढ्यमध्ये एक वारेन बफेट आफ्नो सामाजिक क्रियाकलापका लागि पनि परिचित छन् । आफ्नो सामाजिक क्रियाकलाप अघि बढाउनका लागि हरेक वर्ष आयोजित हुने उनको वार्षिक पावर लञ्च (बफेट पावर लञ्च) पनि सधैँ चर्चामा रहन्छ ।
यस वर्ष बफेट अन्तिम पटक पावर लञ्चमा समावेश हुँदैछन् र यो अन्तिम आयोजनाले अचम्मको रेकर्ड स्थापित गरेको छ । वास्तवमा एक अज्ञात बिडरले बफेटसँग लञ्च गर्नका लागि करिब १९ मिलियन डलर ९२ अर्ब ३७ करोड रुपैयाँ० को बोली लगाएका छन् ।
