नगढी, ४ असार । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई स्वास्थ्य प्रतिष्ठान बनाउने बताएका छन् ।
शनिवार कैलालीको धनगढी उप–महानगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएक हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले काठमाडौँ गए लगत्तै बिद्येयक ल्याएर गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउने प्रतिबद्धता ब्यक्त गरे ।
सरकारले डडेल्धुरामा मेडिकल कलेज बनाउने प्रस्ताब अघि बढाउने बितिक्कै कैलालीमा स्वास्थ्य प्रतिष्ठानको आवाज उठेकोमा देउवाले खुसि समेत ब्याक्त गरे । सोही कार्यक्रममा बोल्दै देउवाले बिगतमा सुदूरपश्चिममा आफुले भोगेको दुःख सम्झिदै वर्तमान अबस्थामा बिकासले गति लिएको बताए । गौरीफन्टा नाकालाई कैलालीसंगै जोडेर नाकाको स्तरोन्नति गर्नेमा प्रधानमन्त्री देउवाले आश्वास्त पारे ।
कैलालीमा समस्याको रुपमा रहेको नदी कटान, डुवान र अतिक्रमणको समस्या सामाधानका लागि आफुले पहल गर्ने समेत प्रधानमन्त्री देउवाको भनाई छ । सुदूरपश्चिम प्रदेसलाई सुन्दर प्रदेश बनाउनमा सबैले हातेमालो गर्नु पर्नेमा उहाँको जोड छ । सोही कार्यक्रममा वोल्नुहुँदै सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचलन भट्टले तीनै तहको सरकारले विकासमा सझेदारी गरेर अगाडि बढ्नु पर्ने बताए । मुख्यमन्त्री भट्टले पश्चिम सेती परियोजनाको कामलाई अगाडि बढाउन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए ।
यस्तै धनगढी उप–महानगरपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रमममा मेयर गोपाल हमालले उप–महानगपालिकाको विकासमा संघीय सरकार र प्रदेश सरकारको हातेमालोकोे आवश्यक रहेको बताए । धनगढी उप–महानगरपालिकाको प्रशासनिक भवन ७ कारोड २३ लाख ४५ हजार १ सय ६७ को लागतमा निर्माण सम्पन्न भएको थियो । जसमा ४ करोड ८ लाख ४५ हजार १ सय ६७ रकम उप–महानगरपालिकाले खर्च गरेको थियो ।
वाँकी २ करोड ३५ लाख संघीय सरकारको खर्च भएको थियो । वि।स। २०७५ असोज १ गते ठेक्का सम्झौता भई २०७८ चैत मसान्तमा भवनको निर्माण कार्य सम्पन्न भएको थियो । पाँच तलामा निर्माण भएको सो भवनमा ३५ ओटा कोठा रहेका छन् ।