धनगढी, ३१ जेठ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार जारी गरेको बुलेटिनमा सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा वर्षा हुने जनाइएको छ। देशका केही प्रदेशहरुमा अहिले पनि वर्षा भइरहेको बुलेटिनमा उल्लेख गरिएको छ।
महाशाखाका अनुसार हाल देशको प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ।
हाल प्रदेश नं १, मधेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ। गण्डकी, बाग्मती, मधेश प्रदेश तथा प्रदेश १ का थोरै स्थानहरूमा मेग गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज प्रदेश नं १ का धेरै, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एकरदुई स्थानहरुमा मेघ गर्जनरचटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा मधेश प्रदेशको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
त्यस्तै, बुधबार र बिहीबार प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली भई बाँकी भू–भागहरुमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनरचटयाङसहित हल्कदेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
सुदूरपश्चिममा भने बिहीबारसम्म पनि वर्षाको सम्भावना देखिएको छैन। प्रदेशमा अझै मनसुन सक्रिय नभएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुन फैलिन अझै केही दिन लाग्ने जनाएको छ। सोमबार महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले धनगढीमा पानी पर्न अझै २/३ दिन लाग्नसक्ने र मनसुन नफैलिँदासम्म तापक्रम घट्ने नदेखिएको बताएका थिए।