धनगढी, २५ जेठ । कैलालीको गोदावरी नगरपालिकाका विद्यालय भोलिदेखि बन्द गर्ने निर्णय गरिएको छ। गर्मी धेरै बढेको भन्दै नगरपालिकाले जेठ २६ गतेदेखी ३१ गतेसम्म सबै विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो।
नगरभित्रका सबै विद्यालयहरुलाई बिदा दिन नगरपालिकाले आग्रह गरेको छ। बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले ३१ गतेसम्मका लागि विद्यालय बन्द गर्न आग्रह गरेको हो।