धनगढी, २१ जेठ । धनगढीमा रुखबाट लडेर एक बालकको मृत्यु भएको छ। शनिबार धनगढी उपमहानगरपालिका वडानम्बर ७ स्थित जाखोर तालमा वनफल टिप्न रुख चढेका बालकको लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार श्यामलाल चौधरीका १४ वर्षीय छोरा विवेक चौधरीको रुखबाट लडेर मृत्यु भएको हो। यस्तै उनीसँगैका १८ वर्षीय हस्त जोशी पनि लडेर घाइते भएको प्रहरीले जनाएको छ।
उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भैरहेको बताइएको छ।