धनगढी, ६ जेठ/अछाको पञ्चदेव बिनायकको नगर प्रमुखमा स्वतन्त्र उम्मेदबार बनेका गायक टंक लिमल्सेना १५४ मत पाएका छन् । अहिले उक्त नगरपालिकामा मतगणना सम्पन्न भईसेको छ ।
उक्त नगरपालिकाको प्रमुखमा कांग्रेस सुदूरश्चिम प्रदेशका सहमहामन्त्री समेत रहेकी अम्बीका चलाउने नगरप्रमुखमा निर्वाचित भएकी छन् । उनी ३ हजार ६५३ मतसहित विजयी भएकी हन् । ०७४ को निर्वाचनमा चलाउने उपप्रमुखमा विजयी भएकी थिइन् । चलाउनेका निकटतम प्रतिद्वन्द्वी माओवादीका रामबहादुर बिकले ३ हजार १७२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी एमालेका नन्दबहादुर कडायतले २ हजार ६९७ मत पाएका छन् । समाजवादीका योगेन्द्रबहादुर बिष्टले ६९२ मत प्रप्त गरेका छन् । गायक तिमिल्सेना स्वतन्त्र उम्मेदबार भई आप चुनाव चिन्हमा चुनाव लडेका थिए ।