• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कलाकारलाई पनि लाग्यो चुनाव, भन्छन् :हाम्रोलाई होइन राम्रोलाई छानौँ 

काठमाडौं, २९ वैशाख । पूर्व मिस नेपाल सुगारिका केसी केही दिन अघिबाटै सामाजिक सञ्जालमार्फत मतदातालाई मताधिकार प्रयोग गर्न भनिरहेकी छन्।

५ वर्षमा मात्रै आफ्ना ठाउँको जनप्रतिनिधि चुन्न अवसर आउने हुनाले यो अधिकार प्रयोग गर्नुपर्ने उनको तर्क छ। सुगारिका ललितपुरको धापाखेलबाट मतदान गर्दैछिन्।

केही साथी पनि उम्मेदवारका रहेकाले पनि यो पटकको निर्वाचन सुगारिकालाई निक्कै रोचक लागिरहेको छ। सुगारिकाले अघिल्लो चुनावमा भन्दा मतदातामा यसपटक अझै धेरै उत्साह देखेकी छन्। भन्छिन्, ‘विशेषतः युवा अनुहारको उम्मेदवारीले पनि मतदातामा उत्साह दिएको पाएकी छु।’

पुराना अभिनेता नीर शाह काठमाडौंको क्षेत्र नम्बर ५ स्थित खड्गभद्रकाली मतदान केन्द्रबाट मतदान गर्दैछन्।

उनी ५ वर्षमा एकपटक आफ्ना प्रतिनिधि चुन्न पाउने अवसरको सदुपयोग गर्न आग्रह गर्दैछन्। आफ्नालाई जिताएर पछुताउनु भन्दा राम्रालाई चुनेर मतदान गर्न उनले सुझाएका छन्।

कलाकार तथा निर्देशक दीपाश्री निरौला आफ्नो मताधिकार प्रयोग गर्न विराटनगर पुग्ने छिन्। यसअघिका निर्वाचनमा पनि विराटनगरबाटै मतदान गरेकी दीपा मतदान गर्ने अधिकार प्रयोग गरेमा मात्रै जनप्रतिनिधिले राम्रो काम गरेनन् भनेर प्रश्न गर्ने अधिकार रहने बताउँछिन्।

अर्की अभिनेत्री स्वस्तिमा खड्का यसपटकको निर्वाचनमा पहिलो पटक आफ्नो मताधिकार प्रयोग गर्दैछिन्।काठमाडौंको चण्डोलस्थित मतदान केन्द्रमा पहिलो पटक भोट हाल्न जाने तयारीमा रहेकी स्वस्तिमा निक्कै उत्साहित छिन्। उनलाई राम्रो मान्छेले जितोस् भन्ने लागेको छ।

आफूजस्तै आधा युवाले निर्वाचनप्रति चासो नराखेको महसुस गरेकी स्वस्तिमा निर्वाचनप्रति युवाको उदासीनतालाई लिएर चिन्तित छिन्।

अभिनेत्री नम्रता सापकोटा काठमाडौंको सीतापाइलास्थित मतदान केन्द्रबाट मतदान गर्दैछिन्। नम्रता भने निर्वाचन र मतदानलाई लिएर खासै उत्साहित छैनन्।

भन्छिन् ‘मतदान गर्नु नियमित प्रक्रिया जस्तै भयो। तर, केही नयाँ होला भन्ने आशाले म आफ्नो अमूल्य मत प्रदान गर्न जाने छु।’

गायक हेमन्त शर्माले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाअन्तर्गत भानु माध्यमिक विद्यालयबाट मतदान गर्दैछन्।

स्थानीय निर्वाचन भएकाले मतदाताले पनि आफ्नो टोल, वडा, गाउँ, नगरको अवस्थालाई हरेर प्रतिनिधि चुन्नुपर्ने शर्मा बताउँछन्।

‘यो स्थानीय चुनाव हो। समग्र देश बनाउने चुनाव फेरि आउँछ, राष्ट्रिय नीति, ठूलाठूला घोषणा पत्र त्यहीबेला हेरौँला’, उनी भन्छन्, ‘अहिले चाहिँ जसले आफ्नो टोल, वडा, गाउँ, नगरको दैनिक जीवनका, स–साना लाग्ने तर महत्वपूर्ण कुरामा सघाउँछ भन्ने विश्वास लाग्छ त्यो उम्मेदवारलाई भोट हाल्नुपर्छ, चाहे पार्टीकै हुन् चाहे स्वतन्त्र। पार्टीका पनि सबै उम्मेदवार खराब नहुन सक्छन्।’
फलानोले जित्दैन होला, जित्नेलाई पो भोट हाल्ने भन्ने मानसिकताबाट धेरै मतदाता गुज्रने गरेको शर्माको बुझाई छ।

‘एक त जित्ने को हो ठ्याक्कै थाहा हुने आधार केही छैन। फेरि अर्कोतिर जित्ने निधो नै छ भने किन भोट दिनु तरु अनि ‘अत्यधिक’ मतले जिताउनु भनेको उम्मेदवारलाई निरंकुश बनाउनु मात्र हो’, उनले भने, ‘बरू थोरै मतले जित्नेको मात्तिने सम्भावना कम हुन्छ । मन पर्ने उम्मेदवार हार्ने लागे पनि भोट गर्नुपर्छ। उसले आफ्नो सही अवस्था र हैसियत थाहा पाएर भविष्यमा योजना बनाउन सक्छ।’

शर्माले मतदाताले यस पटकको मतपत्रको नमुना त्यति वैज्ञानिक देखेका छैनन्। त्यसैले मतदातालाई घरमै अभ्यास गरेर मतदानस्थलमा जान पनि उनले सुझाएका छन्।

 

बिहिबार, बैशाख २९, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.