काठमाडौँ, २३ वैेशाख । शुक्रबार नेपाली बजारमा सुन र चाँदीको भाउमा गिरावट देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार रुपैयाँमा आइपुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९७ हजार ५ सय रुपैयाँमा झरेको छ।शुक्रबार चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।