धनगढी, २० असोज/नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत कैलालीमा नगर अधिवेशनको प्रक्रिया आजदेखि सुरु भएको छ ।
नेपाली कांग्रेसको देउवा पक्षले वडा अधिवेशन सम्पन्न गरेसँगै जिल्लामा नगर अधिवेशन अघि बढाएको हो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृप ओडका अनुसार कैलालीका गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिकामा आज अधिवेशन हुँदैछ ।
जिल्लाका अन्य पालिकामा भने नगर अधिवेशनको प्रक्रिया भोलिदेखि सुरु हुने जनाइएको छ । १३ वटा स्थानीय तह रहेको कैलालीमा चरणबद्ध रूपमा अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ । वडा तहको अधिवेशनपछि नगर तथा गाउँपालिका अधिवेशनमार्फत स्थानीय तहमा पार्टीको संगठनात्मक संरचना थप व्यवस्थित गर्ने कांग्रेसको तयारी छ । यसैबीच, कांग्रेसभित्रको अर्को पक्षले भने वडा, नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको र केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढिरहेको छ ।