दार्चुला, २० असोज / दार्चुलामा जिपको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ। महाकाली नगरपालिका–९ दत्तुस्थित दार्चुला खलगां देखि फाप्ला जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ ज ००९९ नम्बरको जिपको ढोकाबाट खस्दा सोहि ठाउँका ३९ वर्षीय विक्रम सामन्तको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मंगलबार चलिरहेको बेला जिपको दायाँ पट्टिको ढोका आफै खुलेर लड्दा उनी घाइते भएका थिए। घाइते सामन्तको उपचारको क्रममा मृत्यु भएको जनाएको छ।
प्रहरीले चालक दार्चुलाको मालिकार्जुज गाउँपालिका–२ का नरेन्द्र धामीलाई नियन्त्रणमा लिएको छ ।