धनगढी, २२ बैशाख/नेपाल लाइफ इन्स्योरेन्स अत्तरियाले २२औ बार्षिक उत्सवका अबसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बुधबार क्षेत्रिय कार्यालय अत्तरियाले रक्तदान गरी बार्षिक उत्सव बनाएको हो ।
रक्त अभावको बेला परोपकारी काम गरेर बार्षिक उत्सव मनाउने सन्दर्भमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रक्तदान गरी मनाएको कम्पनीका क्षेत्रयि प्रमुख अनन्त अधिकारी जानकारी दिए ।
रक्तदान कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी, एजेन्ट, सशस्त्र प्रहरी, समाजसेवीहरुले रक्तदान गरेका थिए ।