• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जन्मदिन विशेष : स्याम्पुको विज्ञापन गर्दा विराटसँग प्रेम, छोरी हुर्काउन छाडिन् प्रोडक्सन कम्पनी

काठमाडौँ, १८ वैशाख । अनुष्का शर्माले आज आफ्नो ३४ औँ जन्मदिन मनाइरहेकी छिन् । अनुष्का अभिनेत्रीसँगै फिल्म निर्माता पनि हुन् । अनुष्काले २०१२ मा फोर्ब्स इन्डियाको शीर्ष १०० मा पनि स्थान बनाएकी थिइन् भने २०१८ मा उनको नाम फोर्ब्स एसियाको शीर्ष ३० मा पनि परेको थियो।

अनुष्का शर्माको जन्म उत्तर प्रदेशको अयोध्यामा भएको थियो तर उनी बेङ्लोरमा हुर्किएकी थिइन् । उनका बुबा कर्णेल अजयकुमार शर्मा सेनामा अधिकृत थिए । अनुष्काका भाइ कर्णेश शर्मा पनि फिल्म निर्माता हुन् । अनुष्काले आफ्नो फिल्मी करियरमा हालसम्म २२ फिल्ममा काम गरिसकेकी छिन् ।

अनुष्कालाई सुरुदेखि नै मोडल बन्ने रहर थियो । स्नातक पूरा गरेपछि उनी मोडलिङ गर्न मुम्बई गइन् । उनले आफ्नो पहिलो मोडलिङ असाइनमेन्ट सन् २००७ मा फेसन डिजाइनर वेन्डेल रोड्रिक्सका लागि गरेकी थिइन्। त्यसपछि उनले एकपछि अर्को धेरै ब्राण्डको विज्ञापनमा काम गर्ने मौका पाए । उनले सिल्क एण्ड शाइन, व्हिस्पर, नथाला आभूषण र फिएट पालियो जस्ता ब्रान्डका लागि काम गरेका छन्।

मोडलिङका क्रममा अनुष्काले एक्टिङ स्कूलमा प्रवेश गरिन् र फिल्मका लागि अडिसन दिन थालिन् । अडिसनको क्रममा उनले यशराज फिल्म्स स्टुडियोमा आफ्नो स्क्रिन टेस्ट दिएकी थिइन् । अडिसन दिएपछि उनलाई ३ फिल्म ‘रब ने बना दी जोडी’, ‘बदमाश कपन्नी’ र ‘ब्यान्ड बाजा बारात’ अफर आएको थियो, जसमा उनले साइन गरिन् ।

अनुष्काले सन् २००८ मा आदित्य चोपडाको रोमान्टिक फिल्म ‘रब ने बना दी जोडी’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए । यस फिल्ममा अनुष्का तानी साहनीको भूमिकामा देखिएकी थिइन् । यो फिल्मका लागि उनी उत्कृष्ट महिला अभिनेत्री र उत्कृष्ट महिला डेब्यु जस्ता अवार्डका लागि मनोनित भएकी थिइन् ।

उनको फिल्मी करियरमा ‘जब तक है जानु, ‘पीके’, ‘सुल्तान’, ‘ए दिल है मुश्किल’ जस्ता हिट फिल्महरू छन्, जबकि ‘मत्रु की बिजली का मन डोला’, ‘बम्बे वेल्वेट’, ‘फिलौरी’ जस्ता फिल्महरू असफल भए । फिल्म जब तक है जान सन् २०१२ को तेस्रो सबैभन्दा धेरै कमाउने बलिउड फिल्म थियो।

सन् २०१३ मा नै उनको भेट भारतीय क्रिकेटर विराट कोहलीसँग भएको थियो । दुबैले एक स्याम्पुको विज्ञापनमा सँगै काम गरेका थिए र केही वर्ष डेटिङ गरेपछि उनीहरुले इटालीमा एक निजी समारोहमा विवाह गरे । दुवैको वामिका नामकी छोरी छिन् ।

सन् २०१५ मा अनुष्काले भाइ कर्णेश शर्मासँग मिलेर प्रोडक्सन कम्पनी खोलिन् । यही निर्माण कम्पनीको ब्यानरमा उनले एनएच १०, फिलौरी, परी जस्ता चलचित्र बनाइन् । तर हालै अनुष्काले छोरी हुर्काउन यो प्रोडक्सन कम्पनी छोडेकी छिन् ।

अनुष्का शर्माले आज आफ्नो ३४ औँ जन्मदिन मनाइरहेकी छिन् । अनुष्का अभिनेत्रीसँगै फिल्म निर्माता पनि हुन् । अनुष्काले २०१२ मा फोर्ब्स इन्डियाको शीर्ष १०० मा पनि स्थान बनाएकी थिइन् भने २०१८ मा उनको नाम फोर्ब्स एसियाको शीर्ष ३० मा पनि परेको थियो।

अनुष्का शर्माको जन्म उत्तर प्रदेशको अयोध्यामा भएको थियो तर उनी बेङ्लोरमा हुर्किएकी थिइन् । उनका बुबा कर्णेल अजयकुमार शर्मा सेनामा अधिकृत थिए । अनुष्काका भाइ कर्णेश शर्मा पनि फिल्म निर्माता हुन् । अनुष्काले आफ्नो फिल्मी करियरमा हालसम्म २२ फिल्ममा काम गरिसकेकी छिन् ।

अनुष्कालाई सुरुदेखि नै मोडल बन्ने रहर थियो । स्नातक पूरा गरेपछि उनी मोडलिङ गर्न मुम्बई गइन् । उनले आफ्नो पहिलो मोडलिङ असाइनमेन्ट सन् २००७ मा फेसन डिजाइनर वेन्डेल रोड्रिक्सका लागि गरेकी थिइन्। त्यसपछि उनले एकपछि अर्को धेरै ब्राण्डको विज्ञापनमा काम गर्ने मौका पाए । उनले सिल्क एण्ड शाइन, व्हिस्पर, नथाला आभूषण र फिएट पालियो जस्ता ब्रान्डका लागि काम गरेका छन्।

मोडलिङका क्रममा अनुष्काले एक्टिङ स्कूलमा प्रवेश गरिन् र फिल्मका लागि अडिसन दिन थालिन् । अडिसनको क्रममा उनले यशराज फिल्म्स स्टुडियोमा आफ्नो स्क्रिन टेस्ट दिएकी थिइन् । अडिसन दिएपछि उनलाई ३ फिल्म ‘रब ने बना दी जोडी’, ‘बदमाश कपन्नी’ र ‘ब्यान्ड बाजा बारात’ अफर आएको थियो, जसमा उनले साइन गरिन् ।

अनुष्काले सन् २००८ मा आदित्य चोपडाको रोमान्टिक फिल्म ‘रब ने बना दी जोडी’ बाट आफ्नो फिल्मी करियर सुरु गरेकी थिइन् । यस फिल्ममा शाहरुख खान मुख्य भूमिकामा थिए । यस फिल्ममा अनुष्का तानी साहनीको भूमिकामा देखिएकी थिइन् । यो फिल्मका लागि उनी उत्कृष्ट महिला अभिनेत्री र उत्कृष्ट महिला डेब्यु जस्ता अवार्डका लागि मनोनित भएकी थिइन् ।

उनको फिल्मी करियरमा ‘जब तक है जानु, ‘पीके’, ‘सुल्तान’, ‘ए दिल है मुश्किल’ जस्ता हिट फिल्महरू छन्, जबकि ‘मत्रु की बिजली का मन डोला’, ‘बम्बे वेल्वेट’, ‘फिलौरी’ जस्ता फिल्महरू असफल भए । फिल्म जब तक है जान सन् २०१२ को तेस्रो सबैभन्दा धेरै कमाउने बलिउड फिल्म थियो।

सन् २०१३ मा नै उनको भेट भारतीय क्रिकेटर विराट कोहलीसँग भएको थियो । दुबैले एक स्याम्पुको विज्ञापनमा सँगै काम गरेका थिए र केही वर्ष डेटिङ गरेपछि उनीहरुले इटालीमा एक निजी समारोहमा विवाह गरे । दुवैको वामिका नामकी छोरी छिन् ।

सन् २०१५ मा अनुष्काले भाइ कर्णेश शर्मासँग मिलेर प्रोडक्सन कम्पनी खोलिन् । यही निर्माण कम्पनीको ब्यानरमा उनले एनएच १०, फिलौरी, परी जस्ता चलचित्र बनाइन् । तर हालै अनुष्काले छोरी हुर्काउन यो प्रोडक्सन कम्पनी छोडेकी छिन् ।

आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.