धनगढी, ७ वैशाख । दार्चुलामा नेकपा (एकीकृत समाजवादी) लाई बाहिर पारेर गठबन्धनका प्रमुख सहयात्री दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पालिका बाडफाड टुंग्याएका छन् ।
९ स्थानीय तह मध्ये २ नगरपालिकासहित ५ पालिकाको नेतृत्व कांग्रेस र ४ को नेतृत्व माओवादी केन्द्रले लिने सहमति भएको छ । समाजवादीले भने यो निर्णयमा असन्तुष्टि जनाउदै प्रदेश संयन्त्रमा बिषय प्रवेश गराउने जनाएको छ ।
यस्तै २ वटा पालिक उपाध्यक्ष माओवादी केन्द्रले पाउने र ७ वटाको उपप्रमुख वा उपाध्यक्ष कांग्रेसले पाउने गरी दुई दलले सहमति गरेपछि समाजवादीका नेताहरु असन्तुष्ट देखिएका छन् ।
माओबादी केन्द्रलाई दार्चुलाको अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र लेकम गाउँपालिकाको अध्यक्ष दिने निर्णय भएको छ ।कांग्रेसले महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकाको प्रमुख तथा मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकाको अध्यक्ष पाउने सहमति भएको छ ।
यस्तै माओबादी केन्द्रले मालिकार्जुन गाउँपालिका र व्याँस गाउँपालिकाको उपाध्यक्ष पाउने छ भने कांग्रेसले अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, लेकम गाउँपालिका, दुहुँ गाउँपालिका र नौगाड गाउँपालिकाको उपाध्यक्ष तथा महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका उपप्रमुख पाउने तय भएको छ । यस्तै कांग्रेसले जिल्लाका ४० बढी वडा र माओवादी केन्द्रले २० वडा पाउने खाका बनाइएको छ ।साभार