धनगढी, १ बैशाख/कैलालीको गौरीगंगा नगरपालिका वडा नं १० मा वडा सम्पर्क कार्यालय उद्घाटन भएको छ । नयाँ बर्ष २०७९ को अवसर पारेर बैशाख १ गते पार्टी सम्पर्क कार्यालय उद्घाटन भएको हो ।
वडा सभापति तिर्थ बहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति कैलाली क्षेत्र नं।४ प्रदेश क का सदस्य फुलकुमारी मल्ल रहेका थिए । कार्यक्रम उद्घाटन गदै अब सबै मिलेर पार्टीलाई जिताउने जोड गर्ने बताएकी छिन । कार्यक्रममा वडा अध्यक्ष का उम्मेदवार नरसिंह सार्की,कार्यापालिका सदस्य विनिता महार लगायतका नेताहरको उपस्थित रहेको थिया ।