एजेन्सी २९ चैत/भारतको झारखण्डस्थित देवघरमा आइतबार भएको केबलबार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार त्रिकुट हिल्समा रहेको उक्त केबलकारका दुई डब्बाहरु आइतबार अबेर एकआपसमा ठोक्किएका थिए।उक्त दुर्घटनापछि केबलकारमा रहेका ४८ जना मानिहरु त्यहीँ रोकिएका थिए।
भारतीय वायु सेनाको विमानमार्फत केबलकारमा रहेका मानिसहरुको उद्धारका कार्य भइरहेको छ।अहिलेसम्म ३३ जना मानिसको उद्धार गरिएको छ। अझै पनि एक दर्जनभन्दा धेरै मानिस अड्किएका छन्।अहिलेसम्म के कारणले केबलकार दुर्घटना भएको हो भन्ने खुल्न सकेको छैन।
यद्यपि प्राविधिक कारणले दुर्घटना भएको हुन सक्ने अधिकारीहरुले बताएका छन्।त्रिकुट धार्मिक पर्यटकहरुको लोकप्रिय गन्तव्य हो। आइतबार रामनवमी भएकाले उक्त केबलकारमा मानिसहरुको घुइँचो लागेको थियो।
