धनगढी २८ चैत/सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले प्रदेशमा कर्मचारी मैत्री कानुन बनाउन पहल गर्ने बताएका छन् ।
सोमाबार नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम समिति र कैलाली समितिद्वारा बधाई कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । कर्मचारीहरुलाई गैरराजनीतिक र जनताको पक्षमा काम गर्नुपर्ने समेत मन्त्री डा. रावलले बताए ।
‘सरकारी काम र प्रशासन सबै कर्मचारीको हातमा हुन्छ’ उनले भने–‘मन्त्री अस्थाई संरचाना भएकोले स्थाई जनताका सेवक कर्मचारी भएकोले राजनीतिक पुर्वाग्रह त्यागि राष्ट्रको सेवामा लाग्नुपर्छ ।’ कर्मचारी ईमान्दार भएर काम गर्दा देशको भविश्य बन्ने भएकोले सबै आफ्नो पेशामा कटीबद्ध भएको लाग्न समेत उनले आग्रह गरेका छन् । अहिले सुदूरपश्चिममा धेरै कानुन निर्माणका क्रममा रहेको बताउदै मन्त्री रावलले बिशेषगरी कानुन निर्माणमा आफु केन्द्रीत रहने समेत बताए ।
नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम समितिका अध्यक्ष धर्म देउवाले कर्मचारीहरुको मार्का बझेर कानुन बाउन समेत आग्रह गरेका छन् । राजनीतिक फेरबदलका आधारमा कर्मचारीहरु पिडित भएको बताउदै अध्यक्ष देउवाले कर्मचारीहरुलाई कामका आधारमा मुल्याङकन गर्न समेत अनुरोध गरेका छन् ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन कैलालीका अध्यक्ष खेमराज जोशीले आफ्नो राष्ट्रसेवकको जिम्मेबारीबाट कहिले पनि पछि नहट्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारले दिएको जिम्मेबारी पुरा गर्ने समेत अध्यक्ष जोशीले बताएका छन् । सुदूरपश्चिम प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावललाई निजामती कर्मचारी युनियनका कर्मचारीहरुले मन्त्रालयमै बधाई कार्यक्रम राखेका थिए ।
