काठमाडौँ,२२ चैत । चीनमा कोभिड–१९ को संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। सोमबार चीनमा कोरोनाका १६ हजार ५९० नयाँ संक्रमित थपिएका छन्।जसमध्ये १ हजार २३५ संक्रमितमा कोरोनाको लक्षण देखिएको छ। त्यस्तै १५ हजार ३५५ मा कोरोनाको कुनै लक्षण देखिएको छैन।
चीनको व्यावसायिक सहर संघाईमा सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।चीनको आधिकारिक विच्याट एकाउन्टबाट दिइएको जानकारीअनुसार मंगलबार संघाई सहरमा कोरोनाका १३ हजार ८६ लक्षण नदेखिएका संक्रमित फेला परेका छन्।
त्यस्तै २६८ लक्षणसहितका संक्रमित थपिएका छन्।आइतबार कोरोनाका लक्षण नभएका संक्रमितको संख्या ८ हजार ५८१ थियो भने लक्षणसहितका नयाँ संक्रमितको संख्या ४२५ थियो।