काठमाडौं, २१ चैत । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डा. बाबुराम भट्टराई, वर्षमान पुन र रेखा थापाबीच जम्काभेट भयो । यी तीनैजना एकताका एउटै पार्टी माओवादीमा थिए । अहिले भट्टराई जसपा र रेखा थापा राप्रपामा छिन् । वर्षमान भने माओवादीमै छन् ।
आ–आफ्नो पार्टीको चुनावी कार्यक्रममा जान हिँडेका उनीहरूले सामूहिक तस्बिर समेत खिचे ।सामाजिक सञ्जालमा तस्बिर पोष्ट गर्दै जसपाका नेता बाबुराम भट्टराईले तीन जनाबीच भएको कुराकानी उल्लेख गरेका छन् ।
‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासॅग जम्काभेट १ नलाऊ माया दुईतिर।। भनेर गीत गाउनेहरू तीनतिर पो भइयो भन्ने हॅासो पनि चल्यो ।’‘नलाउ माया दुईतिर’ गीतमा प्रचण्डसँगै नाचेर तत्कालीन समयमा माओवादी प्रवेश गरेकी रेखाको प्रसंग भट्टराईले झिकेका हुन् ।