बनबेहडा, १८ चैत/कैलालीको गौरीगंगा नगरपालिकामा दुई दिने नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको छ ।गौरीगंगा नगरपालिका ६ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा हमार म्यूजिक बगिया प्रा.लि.ले तालिमको आयोजना गरेको हो ।
गौरीगंगा नगरपालिका–६, बनबेहडामा सुरु भएको तालिमको उद्घाटन वडा अध्यक्ष कमला शर्माले गरिन् । तालिमको उद्घाटन समारोहमा नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष श्रवण देउवा लगायत शुभकामना मन्तव्य राखेका थिए ।
हमार म्यूजिक बगिया प्रा।लि। मसुरियाका कार्यक्रम निर्देशक दिनेश दहितको अध्यक्षतामा भएको तालिममा २८ जना सहभागि रहेका छन् ।
तालिममा पत्रकार युवराज न्यौपाने र भीम चौधरीले सहजिकरण गरिरहेका छन् । कार्यक्रमको सञ्चालन हमार म्यूजिक बगिया प्रा।लि। मसुरियाका सहसचिव बीर चौधरीले गरेका थिए ।