मुम्बई । निर्देशक एसएस राजमौलीको चलचित्र ‘आरआरआर’ले पाँच दिनमै सय करोड भारतीय रुपैयाँ कमाएको छ ।
यही २५ मार्चमा रिलिज भएको सो चलचित्रले पाँचौँ दिनसम्म भारतमा (मंगलबार) भारु १०० करोडको बक्स अफिस कलेक्सन गरेको हो । तर, यो कमाइ चलचित्रको हिन्दी भर्सनको कलेक्सन मात्रै हो ।
कोरोनाकालपछि रिलिज भएका चलचित्रमध्ये चाँडै १०० करोड कलेक्सन गर्ने चलचित्रको रेसमा ‘द कश्मीर फाइल्स’ र ‘गंगुबाई काठियावाडी’लाई आरआरआरले पछि पारेको छ ।
यसअघि, विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ र अक्षय कुमारको ‘सूर्यवंशी’ र आलियाको ‘गंगुबाई काठियावाडी’ले क्रमशः भारु १५।५ करोड र भारु १४।५१ करोड र भारु ८.१९ करोडको बक्स अफिस कलेक्सन गरेका थिए ।
आरआरआरले पहिलो दिनमै ‘बाहुबली–२’ को रेकर्ड तोड्न सफल भएको थियो ।भारतमा मंलबार यो चलचित्र सबैभन्दा धेरै गुजरात, बिहार, उत्तर प्रदेश, राजस्थानमा चलेको थियो । जुनियर एनटीआर, रामचरण, आलिया भट्ट र अजय देवगन मुख्य भूमिकामा रहेको यो चलचित्र हिन्दी, तमिल, तेलूगु र कन्नाडा गरी चार भाषामा रिलिज भएको थियो ।