धनगढी,२२ माघ। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ५५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११३ नमुना परीक्षण गर्दा थप ५५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै २४ घण्टामा तिन जना कोरोना संक्रमित विरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । भने तिन जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन् । हाल अस्पतालमा १९ जना संक्रमित विरामी उपचाररत छन् ।
ती मध्ये चार जनाको आइसियु र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै २४ घण्टामा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ की ७६ बर्षीया महिलाको मृत्यु भएको छ ।