• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डोटीको जोरायलमा स्कन्दपुराणको ‘कृष्ण पादुका’ भेटियो, संरक्षण र प्रचारप्रशारमा जुटे

भिम चौधरी
जोरायल (डोटी), १६ माघ/ डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ स्थित जंगलमा भेटिएको श्रीकृष्ण भगवानको पदचिन्ह ‘कृष्ण पादुका’ को संरक्षण र प्रचारप्रसारका लागि पहल थालिएको छ । जनस्तरबाट सहयोग रकम उठाएर मन्दिर निर्माणको काम थालनी गरिएको हो ।अहिले भेटिएको ठाउँभन्दा अलि पर उच्च भागमा निर्माण थालिएको मन्दिरमा फेला परेको कृष्ण पादुका स्थापित गर्ने जगत गुरु मोहनसरण देवाचार्यले बताए ।

‘सरकारबाट कुनै सहयोग पाइएको छैन । गाउँपालिकाले खानेपानीको व्यवस्था गरेको छ । मन्दिर हामीले जनस्तरबाट संकल भएको रकमले निर्माण थालेका छौं,’ देवाचार्यले भने ।‘स्कन्दपुराण मानसखण्डको अध्याय १५७ मा उल्लेख भए जस्तै ठाउँ र प्रमाण ठ्याक्कै मिल्छ । कालन्दी नदी पनि मिल्छ, गोदावरी पनि मिल्छ । भलाद्री पर्वत, घण्टेश्वर पनि मिल्छ,’ देवाचार्यले भने, ‘योभन्दा बढी के चाहियो । योभन्दा अरु प्रमाण हुनै सक्दैन ।’

स्कन्दपुराण मानसखण्डको १५७ अध्यायमा गोदावरी नदीभन्दा उत्तरतर्फ भलाद्री पर्वतको मध्य भागमा श्रीकृष्ण भगवानका पदचिह्न रहेको उल्लेख छ । स्कन्दपुराणमा उल्लेख भए अनुसार मिल्दोजुल्दो देखिने ढुंगामा कुँदिएको पैंतालाको आकृति ‘कृष्ण पादुका गत वर्ष चैतमा भेटिएको थियो । भेटिएको आकृति श्रीकृष्ण भगवानको पाउ भएको जगत गुरु देवाचार्यको दावी छ ।

‘स्कन्दपुराण मानसखण्डको अध्याय १५७ मा उल्लेख भए जस्तै ठाउँ र प्रमाण ठ्याक्कै मिल्छ । कालन्दी नदी पनि मिल्छ, गोदावरी पनि मिल्छ । भलाद्री पर्वत, घण्टेश्वर पनि मिल्छ,’ देवाचार्यले भने, ‘योभन्दा बढी के चाहियो । योभन्दा अरु प्रमाण हुनै सक्दैन ।’ यद्यपी पुरातत्व विभागले भने सो को अध्ययन र पुष्टि गर्न बाँकी छ । जगत गुरु मोहनसरण देवाचार्यले ‘कृष्ण पादुका’ पाँच हजार वर्ष पुरानो भएको दाबी गरे ।

अध्याय १५७ मा ‘कृष्ण पादुका’ को चर्चा

मानस खण्डको १५७ को ४०, ४१ र ४२ नम्बर संस्कृतका श्लोकका अनुसार सिद्धहरूको वाणी सुनेर भगवान श्रीकृष्णले तथास्तु भनी सिद्धहरूसँग फलाद्री पर्वतमा चढ्नुभयो । पर्वत चढेर पार गरेपछि उहाँले फलाद्री र यज्ञ पर्वतहरूका मध्ये झरेको जरासन्धको आधा शरीर देख्नुभयो । यसै ठाउँमा श्रीकृष्णले यौटा शिलामा आफ्नो पदचिह्न अंकित गरेका थिए ।

सिद्धहरूले स्तुतिगान गरी बिदाइ गरेपछि श्रीकृष्ण इन्द्रप्रस्थतिर गएका थिए । ‘गोदावरीदेखि उत्तर र घण्टेश्वरदेखि दक्षिणको क्षेत्रलाई भलाद्री पर्वत भनिन्छ,’ जगत गुरु मोहनसरण देवाचार्यले भने, ‘भगवान श्रीकृष्ण आएका हुन् । गोदावरीमा स्नान गरेर भलाद्री पर्वत पुग्नुभयो । कालन्दी नदी छेउमा बस्ने ऋषिलाई दखे ।भगवान श्रीकृष्णले केही विचित्र देख्नुभयो भनेर ऋषिलाई साधे । ऋषिहरुले पहिलो भलाद्री पर्वतमा दिव्य लोकका गणहरु आएर नृत्य ९ताण्डव० गर्छन् त्यो देख्यौं, दोश्रो कालन्दी नदीमा स्नान गरेर जो भलाद्री पर्वतमा आउँछ ऊ ताण्डव गर्न एकदमै सिपालु हुन्छ र शिवलोकलाई प्राप्ति गर्छ र तेश्रो हे कृष्ण हजुरको प्रसादले भीमले च्यातेर फालेको आधा जरासन्दको शरीरलाई भलाद्री पर्वतलाई नाघेर जोरायलतर्फ जाँदै गरेको देख्यौं,’ जगत गुरु देवाचार्यले सुनाए, ‘भलाद्री र यज्ञ पर्वतको बिचमा जरासन्दको आधा शरीर देखेर श्रीकृष्ण भगवान प्रशन्न भए र शिलामा आफ्नो पाउको लक्षणयुक्त चिह्न बनाएर इन्द्रप्रस्त भए ।’

देवाचार्यले थपे, ‘त्यो पाउको साधारण मान्छेले सेवा गर्न सक्दैन । सोह्र सिद्ध गन्धर्वले सेवा गर्छ। अहिले पनि सेवा गर्छ । तर, हाम्रो साधारण आँखाले त्यो देख्न सक्दैन त्यो दिव्य पाउलाई । भाग्यशाली मान्छेले अहिले पनि त्यो पाउको दर्शन पाउँछन । यो दुई वटा पाउको जसले दर्शन गर्छ, पूजा गर्छ उसको लाखौं पाप नष्ट भएर जान्छ । कुलको उद्धार गर्दै मृत्यु पश्चात आफूले चाहेको सम्पूर्ण सुख, ऐश्वर्य भोगेर मृत्यु पश्चात भगवान विष्णुको लोकलाई प्राप्त गर्छ ।’

यसरी भेटियो ‘कृष्ण पादुका’

‘स्कन्दपुराण मानसखण्डको अध्याय १५७ मा गोदावरी नदीमा स्नान गरेर भगवान श्रीकृष्ण भलादी पर्वतमा जानुभयो भन्ने कुरा भएपछि भलाद्री पर्वत कहाँनेर छ भन्ने कुरा आयो । यो पर्वत गोदावरीको उत्तर र घण्टेश्वरभन्दा दक्षिणतर्फ बीचमा छ भन्ने कुरा आयो,’ जगत गुरु मोहनसरणले भने, ‘त्यसपछि हामी यो बाटोमा खोज्दै हिँड्यौ ं। ५–६ वर्षदेखि खोजी सुरु भयो। बुडर, जोगबुडा जाँदा खोज्यौं । जहाँ पुग्यौं यही कुरा गर्दै हिड्यौ। कसैले भनेन, केही ठेगान लागेन । गत वर्ष चैतमा परशुराम कुण्ड गएको थिएँ । बेलुका बुडरको बाटो हुँदै निस्किएँ । बेलुका ६ बजिसकेको थियो । हिँड्दै गयौं ।

झमक्क रात पर्न थालिसकेको थियो । अलि अगाडि जाऔं रात परेपछि कतै बास बसौला भनेर हिँड्यौं । कसैले केही भनेन । सोध्दै हिँड्यौं । बाँझलेकमा बूढी आमा बाख्रा चराएर फर्किएका रहेछन् । हामीलाई देखेर त्यो बत्ती बलेदेखि तल सिद्ध पाइला छ भनेर भने । हामी झर्दै तल लाग्यौं । साढे ८ बजेतिर यहाँ पुग्यौ ं। त्यो भेट्दा साढे ९ बजेको थियो। पूरा जंगल थियो। झार पन्छ्याएर स्थानीय एक युवकले मोबाइलको बत्तीले हेर्दा लेउ लागेको थियो । छाम्यौं हुबहु पाउ रहेछ ।’

भम्केनी गुरुकुलका अध्यक्ष पूर्व प्रधानाध्यापक मोहनचन्द्र जोशीले जगतगुरुले ६ वर्षअघिको भेटमा मानसखण्डमा वर्णन गरिएको श्रीकृष्णको पाउ खोज्नु छ भनेको स्मरण गरे । ‘शास्त्रमा स्पष्ट लेखेको छ, जगतगुरु मोहनसरण देवाचार्यले त्यो अध्ययन गरे । शास्त्रमा लेखेका कुरा झुठा हुँदैनन । समय र कालका गतिका कारणले त्यसमा केही परिवर्तन आउनसक्छ तर शास्त्र झुठ हुँदैन,’ अध्यक्ष जोशीले भने, ‘पक्कै पनि भगवान श्रीकृष्णको पदचिह्न भेटिनसक्छ भनेर ५–६ वर्षदेखि उहाँ लगायत हामी पनि खोज अनुसन्धानमा लाग्यौ । गत वर्ष चैत महिनामा पद चिह्न भेटियो,’ उनले भने, ‘यो पद चिह्न हामी हिन्दु धर्माम्वलम्बीका लागि एक गौरवपूर्ण कुरा हो । यसलाई सुरक्षित राख्नुपर्छ ।’

आइतबार, माघ १६, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.