बाजुरा,२३ मंसिर । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जीपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गाडि ब्याक लिने क्रममा पछाडीबाट जीपले ठक्कर दिएर डेढ बर्षिया बालकको मृत्युु भएको प्रहरीले जनाएको छ ।
बुधबार सु प प्र ०१००१ ज ११६४ नम्मरको जीपले ठक्कर दिँदा हिमाली नगरपालिका वडा न ६ पाणीका बिर्ख रोकायाका छोरा डेढ बर्षिया छोरा अंकित रोकायाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । चालक सहित गाडि प्रहरीको नियन्त्रणमा लिईसकेको ईलाका प्रहरी चौकी कोल्टीले जनाएको छ ।