• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार डा. रावलद्वारा काठमाण्डौमा सम्पर्क कार्यालय स्थापना

काठमाण्डौ, २२ मंसिर/नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले काठमाडौंमा सचिवालय स्थापना गरेका छन ।यहि मंसिर २४ गते हुन लागेको काँग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्य (प्रदेश) पदमा उम्मेदवारी घोषणा गरेका नेता रावलले पुतलीसडकमा आफनो सचिवालय स्थापना गरेका हुन ।

‘अबदेखि प्रचार–प्रसार तथा अन्य व्यवस्थापन सचिवालयबाटै गरिने छ’ सचिवालयको समुदघाटन गर्दै उनले भने ‘प्रधानमन्त्री शेरबहादुर देउवाको सुझावमा मैले सो पदमा उम्मेदवारी घोषणा गरेका हु।’ उनले प्रचार–प्रसारसंगै अन्य व्यवस्थापनका काम सचिवालयलेनै गर्ने बताए ।
रावलले यसअघिनै काँग्रेस सभापति शेरबहादुर देउवासंग सल्लाह सुझाव लिई पत्रकार सम्मेलन गरि सो पदमा दाबी गर्ने घोषणा गरेका थिए ।
उनले नेपाली काँग्रेसलाई युवाको रोजाईको पार्टी बनाउन र गुटबन्दी अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउन आफ्नो उम्मेदवारी रहेको बताए ।‘राणाशासनको अत्याचारलाई विर्साउने गरि हामीले पञ्चायती काल भोग्यौ । राजा ज्ञानेन्द्रको शाही काल भोग्यौ र के.पी. ओलीको शासन सञ्चालन गर्ने अशिष्ठ शैली पनि भोग्यौ । दुई तिहाईको दम्भ बोकेर उनले नेपाली कांग्रेस माथि प्रहार गर्ने गरेको वैचारिक दरिद्रतालाई पनि नजिकैबाट अनुभव गर्न पायौं’ उनले भने ‘यस्तै यस्तै राप र तापबाट खारिएको पार्टिनै नेपाली कांग्रेस हो । त्यसैले यसलाई जीवन्त गतिशील र पारदर्शि बनाउँदै कार्यकर्तामुखि पनि बनाउनु छ ।’

नेता रावलले अहिले प्रचार–प्रसारलाई तिव्रता दिएका छन । विभिन्न सञ्चारमाध्यममा अन्र्तवार्ता दिने, मोबाइलमा म्यासेज पठाई मत माग्ने, भिडियो बनाई सामाजिक सञ्जालमा राख्ने, शिर्ष नेता तथा प्रतिनिधीहरुसंग मत दिई सहयोग गर्न लगायतका गतिविधी अघि बढाएका छन ।
कैलालीको टिकापुरमा जन्मेका डाक्टर रावलले प्रकृति स्रोत व्यवस्थापनमा बिद्यावारीधी गरेका छन् । उनले बिक्रम संम्वत २०३२ साल देखि नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको एकाई सचिवबाट राजनितिक यात्रा सुरु गरेका थिए ।

२०३६ सालको जनमत संग्रहका बेला नेपाल बिद्यार्थी संघ केन्द्रिय समितिले डाक्टर रावललाई बहुदलिय ब्यबस्थाको पक्षमा जनमत संकलन गर्न कैलाली घटाएको थियो ।मिलनसार र बिकास प्रेमीका रुपमा लोकप्रिय व्यक्तित्व बनाउन सफल डाक्टर रावलले २०६३ सालदेखि २०७४ सम्म राष्ट्रिय विकास परिषद्का सदस्य रहेर काम गरिसकेका छन् । डाक्टर रावलको नेतृत्वदायी भूमिका राम्रो देखेर नेपाली काँग्रेसले उनलाई पाटी फुटपछि भएको एकिकरणको बिवाद मिलाउन रोल्पा जिल्लामा खटाएको थियो र जुन बिवाद उनले सहजै मिलाउन सफल समेत भए ।

२०६४ सालको निर्वाचनमा समानुपातिक संसदका उम्मेदवार रहेका डाक्टर रावल २०७० सालको संविधान सभाको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्यका उम्मेदवार रहेका थिए । २०६२–०६३को जन आन्दोलनमा डाक्टर रावलले काठमाडौँमा रहेर बिभिन्न क्षेत्रको नेतृत्व गरेका थिए । सोही आन्दोलनका क्रममा डाक्टर रावलले जेल जीवन समेत बिताएका थिए ।

बुधबार, मङि्सर २२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.