धनगढी,२२ मंसिर । धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा बुधवार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा ५६ जनामा गरिएको पिसिआर परिक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार अस्पतालमा ४ जना कोरोना संक्रमित उपचाररत रहेकोमा ४ जनाकै आईसियुमा राखेर उपचार भैरहेको छ ।